बिहीबार, वैशाख १३, २०८१
10:22 | १५:०७

कोरोनाबाट न्यूयोर्कमा थप एक नेपालीको मृत्‍यु

नेपाली लिङ्क मे ७, २०२०

न्यूयोर्क ।  कोरोना संक्रमणका कारण नेपालमा काठमाण्डौं घर भएका पेम्बा रिन्जी लामाको न्यूयोर्कमा मृत्यु भएको छ ।

५२ वर्षीय लामाको उपचारका क्रममा न्यूयोर्कको ‘माउण्ट साइनाई अस्पताल’ मा मृत्यु भएको हो ।

निकट व्यक्ति लाक्पा शेर्पाले दिएको जानकारी अनुसार न्यूयोर्कमा बस्दै आएका लामा ‘माउण्ट साइनाई अस्पताल’ मा केही दिनदेखि उपचाररत थिए । लामाको मृत्युसँगै न्युयोर्कमा कोरोनाको महामारी सुरु भएयता ज्यान गुमाउने नेपालीहरुको संख्या ११ पुगेको छ ।

मार्चको तेश्रो साता न्युयोर्कको क्वीन्समा रहेको एल्महर्स्ट  अस्पतालमा मृत्‍यु हुने अनिल लिम्बू कोरोना संक्रमणका कारण न्यूयोर्कमा मृत्‍यु हुने पहिलो नेपाली थिए । त्यसपछि थोक्मे विष्ट, अजय छोंचु, निमा शेर्पा, सोनाम लामा, विष्णु राई, राजकुमार थापा, पवन मल्ल, महेश अमात्य र होमकुमारी रानाको मृत्यु भएको थियो ।

सबैको मृत्यु कोरोना संक्रमणका कारण नभएको बताइएको छ । थोक्मे बिष्ट, अजय छोंचु र होमकुमारी रानाको मृत्युको कारण कोरोना नभएको बताइदै आएको छ ।

कोरोनाको महामारी सुरु भएयता अमेरिकामा कम्तीमा १६ नेपालीको मृत्यु भएको छ । जसमध्ये न्युयोर्कमा ११, भर्जिनियामा २, कोलोराडोमा २ र न्युजर्सीमा एकजना छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू