बिहीबार, वैशाख १३, २०८१
14:23 | १९:०८

नेपालमा ज्येष्ठ ५ सम्मलाई लम्बियो लकडाउन

हवाई उडानहरु ज्येष्ठ १८ गते सम्म बन्द

नेपाली लिङ्क मे ६, २०२०

काठमाडौं । नेपाल सरकारले कोरोना संक्रमण फैलिन नदिने प्रयासमा लागू गरिएको ‘लकडाउन’ लम्ब्याउने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रीपरिषद बैठकले आउँदो ज्येष्ठ ५ गतेसम्म ‘लकडाउन’ थप गर्ने निर्णय गरेको हो ।

यसअघि मंगलबार मात्रै कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले ‘लकडाउन’ लम्ब्याउन सरकारलाई सिफारिस गरेको थियो ।

नेपालमा चैत ११ देखि जारी भएको ‘लकडाउन’ अहिले पाँचौं पटक थप गरिएको हो । पछिल्लो पटक १० दिनका लागि थप गरिएको ‘लकडाउन’ यहि विहीबार सकिंदै थियो ।

लामो ‘लकडाउन’ का कारण देशको अर्थतन्त्रमा ठूलो नोक्सानी परेको र जनजीवन कष्टकर बन्दै गएको भनी नेपालमा ‘लकडाउन’ खुकुलो पार्नुपर्ने आवाज पनि उठ्न थालेको छ ।

तर, सरकारले जाखिम अझै बाँकी रहेको निश्कर्षसहित ‘लकडाउन’ थप गर्ने निर्णय गरेको छ ।

त्यस्तै, नेपाल भित्रिने तथा नेपालबाट बाहिरिने सम्पूर्ण हवाई उडानहरु र सीमा नाका आउँदो ज्येष्ठ १८ गते सम्म बन्द राखिने निर्णय पनि सरकारले गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू