मंगलबार, वैशाख ११, २०८१
11:44 | १६:२९

संघीय संसद् महासचिवमा डा गौतम नियुक्त

रासस मे ४, २०२०

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को महासचिवमा डा भरतराज गौतमलाई नियुक्त गरेकी छन् ।

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको संयुक्त सिफारिसमा डा गौतमलाई महासचिवमा नियुक्त गरिएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालका अनुसार नेपालको संविधानको धारा १०६ को उपधारा ९१० बमोजिम डा गौतमलाई संघीय संसद्को महासचिवमा नियुक्त गरिएको हो ।

डा गौतम साविक लामाचौर–५ कास्कीका स्थायी बासिन्दा हुन् । डा गौतम वरिष्ठ सचिवका रुपमा संघीय संसद् सचिवालयमा कार्यरत थिए ।

विसं २०५१ चैत २१ गते शाखा अधिकृतका रुपमा संसद् सेवामा प्रवेश गरेका उनले जनप्रशासनमा ‘गोल्ड मेडलिस्ट’ हुनाका साथै त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन व्यवस्थापनमा विद्यावारिधि समेत गरेका छन् ।

नवनियुक्त महासचिव गौतमले संघीय संसद्को प्रशासनिक प्रमुखका रुपमा समेत जिम्मेवारी सम्हाल्नेछन् । मंगलबार सभामुखसँग पद तथा गोपनीयताको शपथ लिएपछि उनले कार्यभार सम्हाल्नेछन् ।

यसअघि तत्कालीन महासचिव मनोहरप्रसाद भट्टराईको दुई कार्यकाल पूरा भएपछि कार्यवाहकका रुपमा सचिव गोपालनाथ योगीले जिम्मेवारी सम्हाल्दै आएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू