बिहीबार, वैशाख १३, २०८१
01:40 | ०६:२५

मकाउका नेपाली श्रमिकलाई मास्क तथा सेनिटाइजर

नेपाली लिङ्क मे ३, २०२०

मकाउ । ‘नेपाली सहयोगी हातहरु मकाउ’ नामक संस्थाले मकाउका नेपाली श्रमिकलाई मास्क तथा सेनिटाइजर वितरण गरेको छ ।

१३१ औं बिश्व श्रमिक दिवसको अवसर पारेर एक कार्यक्रमबीच मकाउमा स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने नेपालीहरुलाई कोरोना भाइरसबाट सुरक्षित रहन सचेतनासहित मास्क तथा सेनिटाइजर बितरण गरिएको हो ।

संस्थाकी संयोजक श्रीमती निर्मला थापामगरले पहिलो चरणमा ५ हजार मास्क र २ हजार वटा सेनिटाइजर वितरण गरिएको जानकारी दिइन् ।

दोस्रो चरणको कार्यक्रमका लागि ७ हजार सेनिटाइजर र १० हजार मास्क वितरणको तयारी भइसकेको संस्थाका निर्देशक उदय वाग्लेले जानकारी दिए । वितरित मास्क र सेनिटाइजर निर्देशक वाग्लेले निशुल्क उपलब्ध गराएका हुन् ।

मकाउस्थित विभिन्न कम्पनीमा कार्यरत ब्यक्तिहरुलाई प्रतिनिधि चयन गरी उनीहरुकै माध्यमबाट सम्पूर्ण नेपाली समुदायसम्म पुरयाउने लक्ष्य संस्थाको रहेको र सकेसम्म मकाउमा बस्ने नेपाली कोही पनि नछुटुन् भन्ने उद्देश्य भएको संस्थाका महासचिव तथा सञ्चार एवं बजार प्रमुख रमेश अधिकारीले बताए ।

मास्क वितरणका क्रममा अध्यक्ष सुदर्शन थापामगरले आफ्नो संस्था सम्पूर्ण नेपालीसँग हातेमालो गर्दै जाने बताउँदै भविष्यमा आइपर्ने जस्तोसुकै समस्यामा पनि एकजुट हुन जोड दिए ।

उनले मकाउमा रहेका कोही पनि नेपाली केही कारणले समस्यामा भए संस्थालाई सम्पर्क गर्न पनि आग्रह गरे ।

कार्यक्रममा नेपाली जनसम्पर्क समिति मकाउका उपाध्यक्ष चण्डी योङ्या, एनआरएन मकाउका कोषाध्यक्ष प्रेम बिक लगायतका प्रतिनिधिको उपस्थिति थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू