शनिबार, वैशाख ८, २०८१
23:42 | ०४:२७

किम सार्वजनिक भए लगत्तै दुई कोरियाबीच गोली चल्यो

रासस- एपी मे ३, २०२०

सियोल, २१ वैशाख– उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा सुरक्षाकर्मीहरुबीच गोली हानाहान भएको दक्षिण कोरियाली उच्च सैन्यअधिकारीले बताएका छन् ।

पछिल्लो पाँच वर्षयता पहिलो पटक उत्तर कोरियाली सैनिकहरूले दक्षिण कोरियाली सुरक्षापोस्टतर्फ लक्षित गरी तीसौं राउन्ड गोली चलाएका थिए ।

जवाफमा दक्षिण कोरियाली सेनाले पनि दुई पटक गोली प्रहार गरेको थियो । दक्षिण कोरियाको सेनाले निकालेको वक्तव्यमा गोली हानाहान भएपनि कुनै मानवीय क्षति भने नभएको उल्लेख छ ।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उन झण्डै २० दिनपछि सार्वजनिक भएको भोलिपल्ट यस्तो घटना भएको हो ।

सर्वोच्च नेता उन अस्वस्थ रहेको भन्दै केही दिनदेखि हल्ला चलेको थियो भने दक्षिण कोरियाली अधिकारीहरुले हल्ला चलाएको बताइएको थियो ।

दोस्रो विश्वयुद्धको अन्त्यमा दुई कोरिया विभाजित भएका थिए । बाहिर सम्बन्ध सुध्रिए जस्तो देखिए पनि यी दुई मुलुकबीच अझै पनि धेरै विषयमा शत्रुतापूर्ण सम्बन्ध छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू