बिहीबार, चैत १५, २०८०
14:11 | १९:५६

रहिनन् रेडियो नेपालकी प्रथम गायिका रानुदेवी

रासस मे १, २०२०

काठमाडौँ । रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको ८६ वर्षका उमेरमा काठमाडौँमा निधन भएको छ ।

सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचारका क्रममा रानुदेवीको गए राति निधन भएको उनकी छोरी अल्पना रेग्मीले जानकारी दिइन् ।

शास्त्रीय संगीतमा विशेष लगाव रहेको रानुदेवीका नेपाली अघि बढ, हातमा क्रान्ति झण्डा लिई, जागे नेपाली, उठे नेपाली, जुनेली रात हजुर लगायत गीत चर्चित छन् ।

उनले तत्कालीन नेपाल प्रजातन्त्र रेडियोबाट ती गीतमा स्वर भरेकी थिइन् । तीलगायत ६ गीत प्रजातन्त्र रेडियोमा रेकर्ड भएको बताइएको छ ।

उनका गीतले जहानियाँ राणा शासनविरुद्ध सङ्घर्षरत प्रजातान्त्रिक योद्धालाई आन्दोलनमा रहन उत्साह भरेका थिए । राणा शासनविरुद्धको आन्दोलनमा उनी कला र सांगीतिक मोर्चाबाट होमिएकी थिइन् ।

निरकुंशताविरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र साङ्गीतिक मोर्चामा रहेर काम गरेकी अधिकारीको जन्म विसं १९९० मा भएको थियो । स्व अधिकारीको गए राति नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनका एक छोरा र दुई छोरी छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू