शुक्रबार, चैत १६, २०८०
13:34 | १९:१९

रहेनन् बलिउड अभिनेता इरफान खान

रासस–एपी अप्रिल २९, २०२०

नयाँदिल्ली । भारतीय चलचित्र अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा क्यान्सर रोगको उपचारकै क्रममा मुम्बईस्थित एक अस्पतालमा बुधबार निधन भएको छ ।

खानका प्रवक्ताका अनुसार इरफानको मृत्यु मुम्बइस्थित ‘कोकिलाबेन धिरुभाइ अम्बानी अस्पताल’ मा निधन भएको हो ।

सन् १९८८ मा एकाडेमी अवार्डमा मनोनयनमा पर्न सफल ‘सलाम बम्बे’ बाट चलचित्र क्षेत्रमा इरफान प्रवेश गरेका थिए खान । यो चलचित्र मुम्बईका सडक बालबालिकाको कथामा आधारित थियो ।

इरफान खान मुम्बईमा मात्र सीमित भएनन् । उनले निकै ख्याती कमाएका ‘स्लमडग मिलेनियर’, ‘जुरासिक वर्ल्ड ‘, ‘दी अमेजिङ स्पाइडरम्यान’ र लाइफ अफ पाई’ जस्ता चलचित्रमा समेत काम गरेका थिए ।

उनले सुप्रसिद्ध चलचित्र निर्देशकहरु मिरा नायर, वेस एन्डरसन र आङ लीसँग पनि काम गरे ।

सन् २०१८ मा इरफानलाई क्यान्सर भएको पत्ता लागेको थियो । त्यसपछि उनको उपचार बेलायतमा गरिएको थियो ।

खानको अल्पायूमै भएको निधनप्रति भारतीय चलचित्र क्षेत्रका व्यक्तित्वहरुले दुःख प्रकट गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू