शनिबार, वैशाख ८, २०८१
14:19 | १९:०४

युरोपेली संघद्वारा नेपाललाई १० अर्ब सहयोग

रासस अप्रिल २८, २०२०

काठमाडौँ । युरोपेली संघले नेपाल सरकारलाई रु नौ अर्ब ८० करोड उपलब्ध गराउने भएको छ ।

‘कोभिड-१९’ को महामारीविरुद्ध जुध्न तथा त्यसको प्रभाव घटाउन संघले नेपाललाई उक्त रकम प्रदान गर्न लागेको हो ।

यहाँस्थित युरोपेली संघ प्रतिनिधिमण्डलका अनुसार ‘कोभिड-१९’ को महामारीलाई परास्त गर्न आवश्यक पर्ने स्वास्थ्य सामग्री, उपकरण तथा आर्थिक पुनरुत्थानमा सदस्य राष्ट्रलाई सघाउन २० अर्बभन्दा बढी युरोको ‘टिम युरोप प्याकेज’ स्थापना गरिएको छ ।

संघले यही वैशाख २२ गते ‘कोभिड-१९’ विरुद्धको खोप विकास गर्न विश्वव्यापी रूपमा आर्थिक सहयोग जुटाउने उद्देश्यले ‘अनलाइन’ प्रतिबद्धता सम्मेलन गर्ने जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू