शुक्रबार, वैशाख १४, २०८१
20:29 | ०१:१४

कोरोनाबाट विश्वभर २ लाख भन्दा बढीको मृत्यु

रासस–एपी–एएफपी अप्रिल २५, २०२०

जेनेभा । विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट विश्वभर २ लाख भन्दा बढीको मृत्यु भएको छ भने २८ लाख ३३ हजार व्यक्ति संक्रमित भएका छन् ।

‘जोन्स हप्किन्स विश्वविद्यालय’ का अनुसार शनिबार दिउँसोसम्ममा संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी ५२ हजार २१७ जनाको मृत्यु भएको छ । अमेरिकामा विगत २४ घण्टाको अवधिमा १ हजार ९५९ जनाको मृत्यु भएको छ ।

युरोपेली मुलुकहरुमध्ये इटालीमा २५ हजार ९ सय ६९ जना, स्पेनमा २२ हजार ५ सय २४ जना, फ्रान्समा २२ हजार २४५, बेलायतमा २० हजार ३ सय १९ जना, बेल्जियममा ६ हजार ६७९ जना, जर्मनीमा ५ हजार ७ सय ६० जना, नेदरल्यान्डमा ४ हजार २ सय ८९ जना, स्वीडेनमा २ हजार १ सय ५२ जना, स्वीट्जरल्यान्डमा १ हजार ५ सय ८९ जना, रसियामा ६ सय १५ जनाको मृत्यु भएको छ ।

यसैगरी, इरानमा ५ हजार ५ सय ७४ जना, चीनमा ४ हजार ६ सय ३२ जना, ब्राजिलमा ३ हजार ७ सय ४ जना, मेक्सिकोमा १ हजार २ सय २१ जना, भारतमा ७ सय ७५, इन्डोनेसियामा ६ सय ८९ जना, इक्वेडरमा ५ सय ७६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू