बिहीबार, वैशाख १३, २०८१
23:18 | ०४:०३

कोरोना निको भइ घर फर्किइन् युवती

रासस अप्रिल १८, २०२०

‘कोभिड–१९’ को सङ्क्रमण देखिएकी काठमाडौँकी १९ वर्षीया एक युवती उपचारपश्चात् घर फर्किएकी छन् ।

काठमाडौँ । ‘कोभिड–१९’ को सङ्क्रमण देखिएकी काठमाडौँकी १९ वर्षीया एक युवती उपचारपश्चात् घर फर्किएकी छन् ।

टेकुस्थित ‘शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल’मा उपचारत रहेकी ती युवती घर फर्किएको अस्पतालका निर्देशक डा सागरराज भण्डारीले जानकारी दिए । उनका अनुसार सङ्क्रमित युवती पूर्ण स्वस्थ भएर घर फर्किएकी हुन् ।

उनले ४८ घण्टामा दुई पटक ‘कोभिड–१९ नेगेटिभ’ आएको र बिरामीको सबै अवस्था राम्रो भएपछि घर फर्काइएको बताए ।

उनलाई २७ दिनसम्म अस्पतालमा उपचार गरेर शनिबार घर फर्काइएको हो । फ्रान्सबाट गत चैत ४ गते नेपाल आएकी उनलाई चैत १० गते सङ्क्रमण देखिएपछि अस्पताल भर्ना गरी आइसोलेशनमा उपचार हुँदै आएको थियो ।

यसअघि चीनको बुहानबाट आएका अर्का एकजनालाई पनि सङ्क्रमण देखिएपछि सोही अस्पतालमा नै उपचारपश्चात् स्वस्थ भएर घर फर्काइएको थियो ।

अब सो अस्पतालमा दुई पुरुषको मात्र उपचार भइरहेको छ । नेपालमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या ३० पुगेको छ । शुक्रबार उदयपुरमा १२ र चितवनमा दुईजनामा सङ्क्रमण देखिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू