शुक्रबार, वैशाख ७, २०८१
07:54 | १२:३९

राष्ट्रपति कार्यालयबाट साढे नौ करोड सञ्चित कोषमा जम्मा

रासस अप्रिल १७, २०२०

काठमाडौँ । राष्ट्रपतिको कार्यालयले रु नौ करोड ५० लाख नेपाल सरकारको सङ्घीय सञ्चित कोषमा जम्मा गरेको छ ।

चालु आर्थिक वर्ष २०७६-०७७ मा विभिन्न शीर्षकअन्तर्गत विनियोजित बजेटमध्येबाट उक्त रकम कोषमा जम्मा गराइएको हो ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विशेष परिस्थिति उत्पन्न भएकाले उक्त रकम सो कोषमा जम्मा हुने व्यवस्था गरिएको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत स्पष्ट पारेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू