बिहीबार, वैशाख १३, २०८१
07:47 | १२:३२

शिखर सन्तोषको ‘हुट्टीट्याउँ’ सार्वजनिक

नेपाली लिङ्क मे २३, २०२३

संगीतकार शिखर सन्तोषद्वारा संगीतवद्ध ‘हुट्टीट्याउँ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक मुरारी भट्टराई तथा गायिका अस्मिता अधिकारीको स्वर रहेको यस गीतमा आनन्द अधिकारीको शब्द तथा उदयराज पौडेलको संगीत संयोजन छ ।

भिडियोमा ‘द कार्टुन्ज क्रू’ का कलाकारहरु आष्मा विश्वकर्मा, सरोज अधिकारी, जुक्ति विक्रम शाही, एञ्जल राई, प्रणेश श्रेष्ठ, आदेश गहतराज, पूर्वी सेनको संयुक्त अभिनय देख्न सकिनेछ ।

द कार्टुन्ज क्रूको यूट्युब च्यानलबाट भर्खरै सार्वजनिक गरिएको उक्त म्यूजिक भिडियो छोटो समयमा नै दुई लाख भन्दा बढीले हेरिसकेका छन् । सरोज अधिकारीको निर्देशन रहेको यस म्यूजिक भिडियोमा पवन सुस्लिङको छायांकन र सुरोज अधिकारीको सम्पादन छ ।

म्यूजिक भिडियो

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू