शुक्रबार, चैत १६, २०८०
15:34 | २१:१९

कीर्तिमानी जीतसंगै नेपाल विश्वकप क्वालिफायरमा

नेपाली लिङ्क मार्च १६, २०२३

काठमाडौं । युएईलाई हराउँदै नेपाल विश्वकप क्वालिफायरमा पुगेको छ।

विहीबार काठमाडौंमा खेलिएको खेलमा कीर्तिमानी जीत हासिल गरेर नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको हो। लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेथडमा हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो।

नेपालले उक्त मेथडअनुसार ९ रनले युएईलाई पराजित गरेको हो।

यो जितसँगै आईसीसी विश्वकप लीग-२ को तेस्रो स्थानमा उक्लिँदै नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकपको ग्लोबल क्वालिफायरमा सिधै छनोट भएको छ।

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत अन्तिम त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले कीर्तिमानी ३ सय ११ रनको लक्ष्य पाएको थियो।  

नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै उच्च स्कोर पछ्याउने क्रममा ४३ ओभरमा ६ विकेटको क्षतिमा २ सय ६९ रन बनाएको हो।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ६ विकेटको क्षतिमा ३१० जोडेको थियो।

प्रधानमन्त्रीद्वारा बधाई

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइसिसी क्रिकेट विश्वकप लिग–२ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा बधाई दिएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत आइसिसी क्रिकेट विश्वकप लिग–२ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा खुसी व्यक्त गरेका छन् ।

“लिगका खेलहरूमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित नेपाली क्रिकेट टिम, प्रशिक्षक, क्यानलगायत हामी सबैलाई हार्दिक बधाई”, प्रधानमन्त्री दाहालले भनेका छन् ।

त्रि.वि. क्रिकेट मैदानमा क्रिकेट क्रेज

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू