शुक्रबार, वैशाख १४, २०८१
17:10 | २१:५५

बेलायतमा कोरोना मृत्युदर ४० प्रतिशतले घट्यो

२४ घन्टामा १९० को मृत्यु

नेपाली लिङ्क मार्च १०, २०२१

लन्डन । बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या हप्ता दिनभित्र ४० प्रतिशतले ह्रास आएको तथ्याँकले देखाएको छ ।

बुधबार सार्वाजनिक तथ्याँक अनुसार पछिल्लो २४ घन्टामा १९० जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड  सोसल केयर’ ले जानकारी दिएको छ ।

यससंगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख २४ हजार ९८७ पुगेको छ ।

यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ५ हजार ९२६ जना नयां संक्रमित थपिएका छन् । थपिएकासंगै बेलायतमा संक्रमितको संख्या ४२ लाख ३४ हजार ९२४ पुगेको छ ।

बेलायतका अस्पतालमा उपचारार्थ कोरोना संक्रमितको संख्या घटेर ९ हजार ४३५ मा झरेको छ । यसैगरी भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या एक हजार २९३ छ ।

दुई करोड ४० लाख भन्दा बढी खोप वितरण

बेलायतमा हालसम्म दुई करोड ४० लाख भन्दा बढी डोज भ्याक्सिन वितरण भैसकेको छ । बुधबारसम्म खोपको पहिलो तथा दोस्रो डोज लगाउनेको कुल संख्या दुई करोड ४० लाख ६४ हजार १८२ पुगेको छ ।

कोरोना विरुद्धको खोप अभियान शुरु भएयता बेलायतमा दुई करोड २८ लाख ९ हजार ८२९ जनाले पहिलो र १२ लाख ५४ हजार ३५३ जनाले खोपको दोस्रो डोज लिएका छन् ।

कोरोना महामारी उच्चतम बिन्दुमा पुगेपछि  इंग्ल्याण्डमा  सरकारद्वारा जारी कडा प्रतिबन्धका कारण र कोरोनाविरुद्ध खोपको प्रभावका कारण संक्रमणमा कमी आएको अधिकारीहरुले बताएका छन्  ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू