शुक्रबार, वैशाख ७, २०८१
01:23 | ०६:०८

म्यान्मारका विदेशमन्त्री आसिएनका विदेशमन्त्रीहरुको बैठकमा सहभागी

रासस-सिन्ह्वा मार्च ३, २०२१

यांगुन । म्यान्मारका विदेशमन्त्री यु वाना मुङ एलविन आसिएन (एसोसिएन अफ साउथ इस्ट एसियन नेसन्स) का विदेशमन्त्रीहरुको एक भर्चुअल बैठकमा सहभागी भएको समाचारमा जनाइएको छ ।

मंगलबार भएको सो बैठकमा उहाँ सहभागी भएको कुरा म्यानमारका सरकारी सञ्चारमाध्यमहरुले जानकारी दिएका सिन्ह्वाले जनाएको छ ।

उनि राज्य प्रशासन परिषदका प्रमुख तथा म्यानमारको प्रतिरक्षा सेवाका कमाण्डर इन चिफ जनरल मिन अङ एचलाइङद्वारा हालै विदेशमन्त्रीमा नियुक्त भएका हुन्  ।

यहाँको सैनिकले गत फेब्रुअरी १ मा सत्ता विद्रोह गरेर म्यान्मारका राष्ट्रपति यु विन मियान्त र राज्य सल्लाहकार तथा विदेशमन्त्री आङ सान सुकीलाई नजरबन्दमा राखेर यहाँ सैनिक शासनको घोषणा गरेको थियो ।

यहाँको सैनिकले सत्ता हत्याएको छ र गत फेब्रुअरी १ देखि म्यानमारमा सैनिक शासनको घोषणा गर्नुका साथै एक वर्षका लागि संकटकाल घोषणा गरेको छ ।

यहाँको प्रजातान्त्रिक दलका सबैजसो केन्द्रीय तहका नेताहरुलाई यहाँको सरकारले नजरबन्दमा राखेको छ ।

मंगलबार भएको सो भर्चुअल बैठकमा आसिएनका सबैजसो विदेशमन्त्रीहरुले म्यान्मारलाई शान्ति र रचनात्मक कार्यका लागि सहयोग गर्ने बताएका थिए । सो कुरा म्यान्मारका सरकारी सञ्चारले जानकारी दिएका हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू