चार्ल्टन नेपाली समाजको समर कार्यक्रम, नचाए कृष्ण रेउलेले



लन्डन- साउथ इष्ट लन्डनको चार्ल्टनस्थित चार्ल्टन नेपाली समाजको वार्षिक समर कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार मेरिडियन स्पोर्टस् क्लब परिसरमा झण्डै दुई सय स्थानीयको उपस्थितिमा समर बीबीक्यूसहित सांस्कृतिक कार्यक्रम गरिएको हो।
समाजकी अध्यक्ष सीता अर्यालले अध्यक्षता गरेको कार्यक्रममा प्रमुख अतिथि ग्रीनवीच बरोकी मेयर काउन्सिलर लिन्डा बर्डले शुभकामना दिएकी थिइन् ।
उनले स्थानीय समुदायमा नेपाली समुदायका तर्फबाट हुंदै आएको सक्रिय सहभागिताको प्रशंसा गरिन् ।
कार्यक्रममा प्रमुख आकर्षणका रुपमा नेपालबाट आएका लोकदोहोरी गायक कृष्ण रेउलेले सांगीतिक प्रस्तुति गरेका थिए । झण्डै दुई घण्टासम्म स्टेजमा रहेर एक दर्जन बढी गीत सुनाएका रेउलेले दर्शकहरुलाई मजाले नचाए ।
सो अवसरमा स्थानीय बालबालिकाले पनि सांस्कृतिक प्रस्तुति गरेका थिए । आरुषी खराल र सुआज्ञा केसीले आकर्षक नृत्य तथा संयोग केसीले गायन प्रस्तुत गरेका थिए ।
महासचिव वसन्त खनालले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष दील जिसीले स्वागत मन्तव्य दिएका थिए।
कार्यक्रममा पण्डित निलहरि घिमिरे, काउन्सिलर जीत रानाभाट, बुद्ध फाउन्डेसन यूके अध्यक्ष दीपक श्रेष्ठ, पशुपतिनाथ मन्दिरका अध्यक्ष गोपाल अर्याल, आरजीएनएस अध्यक्ष लिलादेवी गुरुङ, जिगेसा अध्यक्ष हरिकुमार मल्ललगायतका अतिथिहरुको उपस्थिति थियो।
सो अवसरमा नेपालबाट आएका बुवाआमाहरुलाई संस्थाका तर्फबाट खादा ओढाएर स्वागत-सम्मान गरिएको थियो ।
त्यस्तै, बालबालिकाहरुको मनोरञ्जनको लागि संगीता मगरको संयोजनमा विशेष खेलहरु खेलाइएको थियो ।
समाजकी अध्यक्ष सीता अर्यालले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबै अतिथि, कलाकार तथा समाजको सिंगो टीमलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।
तस्विरहरुः प्रकाश कंडेल
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५