सांगीतिक कार्यक्रमका लागि लन्डन आइपुगे सुनिता दुलाल र धिरज राई



लन्डन- क्षेत्री समाज बेलायतले १२ जुलाईमा गर्न लागेको वार्षिक भेटघाट कार्यक्रममा गाउन लोकप्रिय गायिका सुनिता दुलाल लन्डन आइपुगेकी छन्।
उनलाई मंगलबार साँझ लण्डनको हिथ्रो विमानस्थलमा क्षेत्री समाज बेलायतका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक नरेन्द्र बस्नेत, डा सुमाया राई लगायतले स्वागत गरे ।
साथमा लोकप्रिय गायक धिरज राई पनि आएका छन् । उनीहरु युरोपको सांगीतिक यात्रा पूरा गरेर लन्डन आएका हुन् । बेलायतमा उनीहरुले विभिन्न स्थानमा सांगीतिक कार्यक्रम गर्ने छन् ।
अल्डरसटस्थित एम्पायर हलमा हुने वार्षिक भेटघाट कार्यक्रममा सुनिता दुलाल, बालचन्द्र बराललगायत अतिथि कलाकारहरु रमिला बुढा मगर, कृष्ण र्याउलेलगायत कलाकारहरुको सहभागिता रहनेछ।
कार्यक्रममा नेपाली कला संस्कृति र परम्परा उजागर गर्ने विभिन्न सांस्कृतिक कार्यक्रम गरिनेछ। सो अवसरमा डिजे हेम विष्टको सांगीतिक सहकार्य समेत रहने आयोजकले बताएका छन् ।