शुक्रबार, चैत १६, २०८०
00:19 | ०६:०४

इक्वेडरमा जेल दङ्गामा ज्यान गुमाउनेको संख्या ७९ पुग्यो

रासस-एएफपी फ्रेब्रवरी २५, २०२१

ग्वायाक्युली, इक्वेडर १३ फागुन–इक्वेडरमा गत मङ्गलबार जेलहरुमा भएको दङ्गामा परी ज्यान गुमाउने व्यक्तिको संख्या ७९ पुगेको प्रहरी स्रोतले बिहीबार जनाएको छ । इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले चार ओटा जेलमा एकसाथ भएको यस हिंसामा आपराधिक सङ्गठनको हात रहेको आरोप लगाएका छन् । 

मानवअधिकारवादी संस्थाले यसलाई हिंसालाई ‘अभूतपूर्व नरसंहार’ को संज्ञा दिँदै मुलुकमा सुरक्षाको अभावमा चिन्ता व्यक्त गरेको बताइएको छ । 

गत वर्ष पनि कैदीको विवादमा ५१ व्यक्तिको मृत्यु भएको थियो । राष्ट्रपति मोरेनोले गतवर्ष देशका आपराधिक गिरोहको गतिविधि नियन्त्रण र हिंसा कम गर्न जेलमा आपतकालिन अवस्थाको आदेश दिएका थिए । 

गत डिसेम्बरमा पनि जेल अस्थिरताको कारण ११ कैदी मृत्यु हुनुको साथै  सात घाइते भएका थिए ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू