शुक्रबार, वैशाख ७, २०८१
20:07 | ००:५२

अल्डरसटमा ६० वर्ष माथिका नेपालीले बिना ‘अपोइन्टमेन्ट’ नै खोप लगाउन पाउने

नेपाली लिङ्क फ्रेब्रवरी १७, २०२१

लन्डन । बेलायतस्थित अल्डरसटमा बस्ने ६० वर्ष माथिका नेपालीहरुले बिना ‘अपोइन्टमेन्ट’ नै कोभिड खोप लगाउन पाउने भएका छन् ।

प्राइमरी केयर नेटवर्कस् (पीसीएन) का निर्देशक डा. लुइस पेन र स्वयंसेवक लिडर साम ट्रस्लरसँग भएको फोन वार्ता अनुसार फेब्रुअरी १९ तारिखका दिन उक्त क्षेत्रमा बस्ने ६० वर्ष माथिका जेष्ठ नेपाली नागरिकलाई बिना अपोइन्ट खोप दिन लागिएको ग्रेटर रसमोर नेपलिज कम्युनिटीका निवर्तमान अध्यक्ष जीव बेल्बासेले जानकारी दिए ।

बेल्वासेले ६० वर्ष पुगेकाले प्रिन्सेस हल अल्डरसट गएर बिहान ८.३० देखि साँझ ५ बजे भन्दा पहिला लाइन बस्न पनि अनुरोध गरेका छन् ।

खोप लगाउनका लागि साथमा आफ्नो नाम, जन्म मिति, ठेगाना र आफूले खाइरहेको औषधिको विवरण साथै पासपोर्ट समेत लिएर जानुपर्नेछ ।

यसअघि पनि ७० वर्षमाथिका सयौं भूतपूर्व गोर्खा वृद्धवृद्धाले बिना अपोइन्टमेन्ट नै खोप लगाउने अवसर पाएका थिए । नेपाली उल्लेख्य रहेको उक्त क्षेत्रका बेलायती समुदायसंग नेपालीको राम्रो सम्बन्ध र सहयोग आदानप्रदान हुंदै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू