बिहीबार, वैशाख १३, २०८१
02:27 | ०७:१२

बेलायतमा थप ७९९ संक्रमितको मृत्यु

१ करोड ५५ लाख बढीले लगाए खोप

नेपाली लिङ्क फ्रेब्रवरी १६, २०२१

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा थप ७९९ जनाको मृत्यु भएको छ । अघिल्लो दिन करिब पांच महिनायताकै कम  २३० जना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको थियो । यससंगै बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख १८ हजार १९५ पुगेको छ ।

त्यस्तै बितेको २४ घन्टामा थप दश हजार ६२५ जना नयां कोरोना संक्रमित थपिएका छन् । नयां थपिएसंगै कोरोना संक्रमितको संख्या ४० लाख ५८ हजार ४६८ पुगेको छ । यसैगरी बेलायतका अस्पतालमा हाल २१ हजार संक्रमितको उपचार भइरहेको छ । जसमध्ये दुई हजार आठ सय जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको स्वास्थ्य विभागले जनाएको छ ।

१ करोड ५५ लाख बढीले लगाए खोप

बेलायतमा कोरोना विरुद्धको खोप अभियान शुरु भएयता एक करोड ५५ लाख बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । गतवर्ष डिसेम्बर १२ तारिखबाट शुरु गरिएको खोप अभियानलाई मध्य फेब्रुअरीसम्म १.५ मिलियनलाई खोपको पहिलो डोज दिइसक्ने सरकारको लक्ष्य पूरा भएको छ ।

मंगलबार सार्वजनिक तथ्याँक अनुसार हालसम्म एक करोड ५५ लाख ७६ हजार १०७ जनाले कोरोना विरुद्धको खोपको पहिलो डोज लिएका छन् । यसैगरी पांच लाख ४६ हजार १६५ जनाले खोपको दोस्रो डोज समेत लिइसकेका छन् ।

सोमबारबाट  बेलायतमा ६५ देखि ६९ वर्षबीचकालाई खोप वितरण गरिंदैछ । हालसम्म ७० वर्षमाथिका चौथो ग्रुपका मानिसहरुलाई खोप वितरण गरिएको र अझै पनि शीर्ष समूह अन्तर्गतका स्वास्थ्यको कारणले जोखिममा परेका, केयर होम रेसिडेन्ट, अग्रपंक्तिमा काम गर्ने हेल्थकेयर वर्कर्सहरु लगायतलाई प्राथामिकतामा नै राखिएको छ ।

बेलायतमा हाल फाइजर र अक्सफोर्डद्वारा विकसित दुईवटा खोप वितरण भइरहेको छ । एक व्यक्तिको लागि दुई डोज लगाइने उक्त खोपलाई तीन देखि चार हप्ताको फरकमा लगाइने भनिएपनि बेलायत सरकारले १२ हप्तासम्मको फरकमा लगाउने तयारी गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू