राप्ती समाज यूकेको ग्रिष्मकालिन भेलामा सम्मान


लन्डन – राप्ती समाज यूकेको वार्षिक ग्रिष्मकालिन भेला गत २५ जुलाईमा केन्टस्थित मेडस्टोन ग्रामर स्कुलमा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।
समाजका अध्यक्ष चन्द्रबहादुर शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कमल पुनले सबै सहभागी र पाहुनाहरुलाई स्वागत गरेका थिए।
कार्यक्रममा भेरी समाज यूकेका अध्यक्ष दिल जीसी तथा गोमा ढकाल विशेष अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्व तथा प्रतिभाहरूलाई सम्मान गरिएको थियो।
कीर्तिमानी आरोही डा. हरि बुढा मगर एमबीई, डा. दिनेश खड्का, ललिता पुन, संकल्प पुन, सान्वी केसी, प्रिस्ता शाही तथा अहाना राजभण्डारीलाई सम्मान तथा प्रशंसापत्र प्रदान गरिएको थियो।
भेलामा बालबालिका तथा वयस्क दुवैका लागि विविध मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको थियो। मनोरञ्जन संयोजक नीतिका बीएम तथा सहसचिव भीम पुनको संयोजनमा म्युजिकल चेयर, बालबालिकाका लागि स्पुन रेसलगायत खेलहरू सञ्चालन गरिएका थिए।
विजयी प्रतियोगीहरूलाई आकर्षक पुरस्कार पनि प्रदान गरिएको थियो।

कार्यक्रमलाई नेपालबाट आएका कलाकारहरु चन्द्र शर्मा, बिमता घर्ती मगर, कामना ओली, सविना बुढा र अस्मिता रानाले आफ्नो सांगीतिक तथा सांस्कृतिक प्रस्तुतीमार्फत थप जीवन्त बनाएका थिए।
यसैगरी समाजका युवा प्रतिभा जेनेसा र क्रिसा सिंह ठकुरीको नृत्य प्रस्तुतिले पनि दर्शकको मन जितेको थियो।
‘राफल ड्र’ कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रायोजकहरूप्रति आयोजकले विशेष आभार व्यक्त गरेको छ। ए–स्टार फाइनान्स एण्ड मोर्टगेज, मोर्टगेज म्याटर्स तथा सान्वी ज्वेलरीसहित अन्य सदस्यहरूले विभिन्न आकर्षक पुरस्कार उपलब्ध गराएका थिए।
समाजका अध्यक्ष शाहीले कार्यक्रम सफल बनाउन विभिन्न जिम्मेवारी सम्हाल्ने स्वयंसेवक तथा पदाधिकारीहरूको योगदानको प्रशंसा गरे ।
कमल सिंह ठकुरीले भोजन व्यवस्थापन, ओम बुढाले पेय पदार्थ व्यवस्थापन, नन्दा क्षेत्री तथा सहयोगी सदस्यहरूले टिकट तथा कोष व्यवस्थापन, सम्पूर्ण सदस्यहरूले कार्यक्रमस्थल तयारी तथा समापन कार्य तथा सचिव दीपक बीएम र सहसचिव भीम पुनले कार्यक्रम सञ्चालनको जिम्मेवारी निर्वाह गरेका थिए।

राप्ती समाज यूकेले यस्ता सामुदायिक कार्यक्रमहरूले बेलायतमा रहेका नेपालीबीच आपसी सम्बन्ध सुदृढ गर्नुका साथै नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र सामुदायिक मूल्यसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


