शनिबार, वैशाख ८, २०८१
20:38 | ०१:२३

हिन्दी फिल्मका गीतमा म्यूजिक भिडियो बनाउंदै नायक कुमुद

नेपाली लिङ्क फ्रेब्रवरी १३, २०२१


लन्डन । बेलायत बस्ने मोडल, नायक एवं समाजसेवी कुमुद पन्त पछिल्लो समय हिन्दी फिल्मका गीतमा म्यूजिक भिडियो बनाउन जुटेका छन् । उनले हिन्दी मुभी ‘चोले’ को तेस्रो गीत ‘आ जाने जा’ गीतमा पनि म्यूजिक भिडियो निर्माण गरि सार्वजनिक गरेका छन् । कुमुद इन्टरटेनमेन्टको यूट्युव च्यानेलबाट भिडियो रिलिज भएको हो ।

कुमुद इन्टरटेनमेन्टको प्रस्तुति, कुमुद पन्तको निर्देशन, अतुल शर्माको निर्माण तथा रेश्मी शर्माको लेखनमा रहेको गीतमा संगीत चिन्टु सार्थक कल्ला, शब्द प्रेम बानिया तथा गायन अन्जली प्रेमेन्द्र परासर, दीपक रंकावत, चिन्टु सार्थक कल्ला छन् । सम्पादक लोकेश भाट, रंग र पोस्टर डिजाइन वीरेन्द्र बिपिन भाटले गरेका छन् ।

उक्त भिडियोमा कलाकारहरु कुमुद पन्त, पूजा किमाया, अतुल शर्मा, अलिसा शर्मा, कमल प्रभाकर, डिम्पल कुमार, ब्रिज मोहन ठथाल, पुष्पा पन्त, किशोर भाट, अभिनाश शर्मा, राज अवस्थी, विश्वास टार्बी, अब्दुल जफर, अकीला दौड, अमृता शर्मा, अनुपम शर्मा, भरत मिस्त्री, कुलदीप भमराह, जया कुमार, जस बारिह र निशा पटेल लगायतको अभिनय छ ।

उनले हालैमात्र चोले फिल्मकै दोश्रो गीत ‘ओ मेरी महेबुबा’ मा पनि भिडियो बनाएर सार्वजनिक गरेका थिए । उक्त म्यूजिक भिडियो सानो बजेटमा बनाइएको कुमुदले बताए । भविष्यमा नेपाली कला संस्कृति र चलचित्रलाई पनि बेलायतमा प्रवर्धन गर्ने उनको सोच छ । कुमुदले अप्ठेरोमा परेका नेपालीलाई बेला बेलामा आर्थिक सहयोग पनि गर्दै आएका छन् ।

भिडियोः

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू