बुधबार, वैशाख १२, २०८१
21:08 | ०१:५३

बेलायत आउँदा होटल क्वारेन्टिन् खर्च १७५० पाउण्ड तिर्नुपर्ने

नियम उल्लंघन गरे १० हजार जरिवाना देखि १० वर्ष जेल सजाय

नेपाली लिङ्क फ्रेब्रवरी ९, २०२१

लन्डन । फेब्रुअरी १५ तारिखबाट बेलायत भित्रिने यात्रुहरुलाई निकै खर्चिलो सावित हुने भएको छ ।

कोरोना संक्रमणको उच्च जोखिम भएका ३३ वटा मुलुकबाट बेलायत फर्किएका नागरिकहरुलाई फेब्रुअरी १५ तारिखबाट अनिवार्य होटल क्वारेन्टिन्को नयां नियम लागू गरिएको छ  ।

अनिवार्य होटेल क्वारेन्टिन् आवश्यक पर्ने बेलायतको सूचीमा नेपाल भने छैन । 

नयां नियम अनुसार अति जोखिमयुक्त्त मुलुकहरुबाट बेलायत फर्किएका यात्रुहरुले १० रातसम्म होटल क्वारेन्टिन् बस्नुपर्नेछ । होटल क्वारेन्टाइनमा बस्दाको खर्च वापत १७५० पाउण्ड स्वयंले व्यहोर्नुपर्ने स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले मंगलबार बताएका छन् ।

यात्रा गर्नु अगाडी नै अनलाइनमार्फत सरकारद्वारा निर्धारण गरिएको होटल बुक गर्नुपर्नेछ । होटल क्वारेन्टिन्का लागि सरकारले एअरपोर्ट आसपासका १६ वटा होटलमा ४ हजार ६०० कोठा तयारी गरेको ह्यान्ककले जानकारी दिएका छन् ।

यसैगरी नयां नियम उल्लंघन गरेको पाइएमा पांच हजार जरिवाना गरिनेछ भने यो रकम १० हजारसम्म हुनेछ । त्यस्तै  ३३ वटा सूची अन्तर्गतका मुलुकबाट आएका यात्रुहरुले झुट्टा विवरण पेश गरेमा १० वर्ष जेल सजाय भोग्नुपर्नेछ ।

यसैगरी पहिलो परीक्षण नगराएको पाइएमा एक हजार र दोस्रो परीक्षण नगरेको पाइएमा दुई हजार जरिवाना साथै क्वारेन्टाइन अवधि १४ दिन पुर्याइनेछ ।

यसैगरी १५ फेब्रुअरीबाट लागू हुने गरि बेलायत प्रवेश गर्ने सम्पूर्ण यात्रुहरुले क्वारेन्टाइनको अवधिमा दुईपटक कोरोना परीक्षण गराउनुपर्नेछ । जस अनुरुप होटलमा वा होम आइसोलेशन जहाँ भएपनि यात्रुहरुले बेलायत प्रवेश गरेको दोस्रो र आठौँ दिनमा अनिवार्य आफ्नो कोरोना परीक्षण गराउनुपर्नेछ ।

नयां नियम नुसार फेब्रुअरी १५ तारिखबाट बेलायत भित्रिने प्रत्येक व्यक्तिले कोरोना सम्बन्धि तीनवटा टेस्ट गराउन पर्नेछ । उडान भर्नुअघि ७२ घन्टाको एउटा परीक्षण र बेलायत प्रवेश गरेको दोस्रो दिन र आठौँ दिनमा गरी तीनवटा परीक्षण अनिवार्य गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू