बुधबार, वैशाख १२, २०८१
18:11 | २२:५६

विशेष महाधिवेशनको उपलब्धि र भावी योजनाबारे एनआरएनए यूकेको अन्तरक्रिया

नेपाली लिङ्क फ्रेब्रवरी ४, २०२१

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अबको योजना र विशेष महाधिवेशनको उपलब्धिबारे एनआरएनए यूकेले एक अन्तरक्रिया कार्यक्रम गरेको छ । एनआरएनए यूकेको संघसंस्था विभागद्वारा बुधवार साँझ आयोजित भर्चुअल कार्यक्रममा बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिसहित एक सयभन्दा बढी सहभागी थिए ।

एनआरएनए यूके अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आइसीसी महासचिव डा. हेमराज शर्माले गैरआवासीय नेपाली अभियानको विगत, वर्तमान र भविष्यका बारेमा प्रकाश पारेका थिए ।

डा. शर्माले वर्तमान कार्यसमितिले संघभित्र आर्थिक, प्रशासनिक, संस्थागतलगायतका विषयमा सुधारका काम थालेको बताए । नेपाल फर्केका नेपालीलाई नेपालमा स्थापित गर्ने उद्देश्यले ‘स्किल डेटाबेस’ बनाउन लागिएको जानकारी पनि उनले दिए ।

आइसीसी सदस्य तथा विधान संशोधन समितिका उपसंयोजक रामशरण सिम्खडाले संघको विधानमा हालै गरिएको संशोधनले राष्ट्रिय समितिलाई पार्ने प्रभावका विषयमा बताए । उनले संघको संशोधित विधान अग्रगामी रहेको दावी गरे ।

एनआरएनए यूकेका महासचिव फडिन्द्र भट्टराईले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष रोजिना प्रधानले दिएकी थिइन् ।

कार्यक्रममा एनआरएनए यूकेका संरक्षक सूर्य गुरुङ, आइसीसी अनररी काउन्सिल सदस्यद्धय रण केसी र ले. चन्द्र गुरुङ, आइसीसी सदस्य सुरोज मास्के, काउन्सिलर लक्ष्य गुरुङ, तमूधिं युकेका अध्यक्ष हितकाजी गुरुङ, निवर्तमान अध्यक्ष नन्दजंग गुरुङ, मगर संघ यूकेका अध्यक्ष सुनिल राना, क्षेत्री समाजका धन क्षेत्री, साझा नेपाली समाज यूकेका अध्यक्ष महेश अधिकारी, तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष खुशीमान गुरुङ, सहारा यूकेका अध्यक्ष कुमार गुरुङ, पासापुच गुठी लण्डन शाखाकी अध्यक्ष रुक्मणी मानन्धर लगायतले मन्तव्य राखेका थिए ।

त्यस्तै, विश्वदीप तिगेला, श्री लिम्बु, एलएन पाण्डे, पिप्ला देवान, खुशी लिम्बु, राम गलामी, कृष्ण उपाध्याय, पवन शर्मा, नेत्र खरेल, चिरन शर्मा, राजन क्षेत्री, बाचस्पति रेग्मी, भीमलाल भट्टराई लगायतले आ-आफ्ना भनाइ राखेका थिए ।

कार्यक्रममा अधिकांश वक्ताले संघले अघि सारेको ‘स्मार्ट एनआरएनए’ को अवधारणा समय सान्दर्भिक भएको बताउँदै अनलाइन भोटिङ विश्वसनीय हुनुपर्नेमा जोड दिए ।

त्यसअवसरमा व्यक्त सहभागीहरुको सुझाव र सल्लाहप्रति एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङले आभार व्यक्त गरिन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू