बुधबार, वैशाख १२, २०८१
05:02 | ०९:४७

वास्तुविद र नुमेरोलोजिस्टका रुपमा नरेश राजबीरको आगमन

नेपाली लिङ्क फ्रेब्रवरी १, २०२१

लन्डन । कोरोना महामारीका बेला लागू गरिएको लकडाउन लन्डन निवासी नरेश राजबीर शर्माका लागि ‘टर्निङ प्वाइन्ट’ बन्यो । मानिसहरु कोभिड-१९ ले आक्रान्त भइरहेका बेला नरेश राजबीर भने आफ्नो वाल्यकालदेखिको एउटा सोख पुरा गर्ने अठोटमा लागे । उनी लकडाउनबाट विक्षिप्त बनेर बसेनन्, बरु नेपाली समुदायमा विरलै मानिसले गरेको नयां पेशा अंगाल्ने सोच बनाए ।

निरन्तरको लगाव र समर्पणले आफ्नो संकल्प पुरा गरेपछि बियर कम्पनी, अनलाइन सोलुसन्स, मुभी प्रोडक्सन र रेष्टुरेन्ट व्यवसायका अनुभवी नरेश राजबीर शर्मा अब वास्तुविद र नुमेरोलोजिस्टका रुपमा उदाएका छन् ।

विराटनगरको ज्योतिष परिवारमा जन्मिए नरेश । हजुर बुबा पण्डित दुलीचन्द शर्मा र बुबा पण्डित विश्वनाथ शर्मा बिराटनगरका प्रसिद्ध ज्योतिष थिए । त्यही विरासतलाईं अघि बढाउंदै उनी अहिले क्वालिफाइड वास्तुविद र नुमेरोलोजिस्ट बन्न सफल भए ।

‘मैले यो ज्ञान सानैदेखि परिवारबाट पाएको थिएं तर त्यतिबेला एउटा सोखको रुपमा थियो । जब लकडाउन भयो मैले यो समय सदुपयोग गर्ने सोच राखें र भारतीय गुरुहरुबाट एडभान्स् कोर्ष गर्ने मौका पाएं । फलस्वरुप आज म वास्तुविद र नुमेरोलोजिस्टको रुपमा प्रस्तुत भएको छु’, उनले नेपाली लिंकसंग भने ।

नरेशका भनाइमा वास्तु हेर्ने पहिलो कदम नै नक्साबाट शुरु हुन्छ जुन आर्किटेक्टबाट बनाइन्छ, दिशा हेर्न कम्पासको प्रयोग गरिन्छ, ग्रहको गतिविधि हेरिन्छ र ५ तत्व (इलिमेन्ट्स) जसबाट यो पृथ्वी र मानिसको शरीर बनेको हुन्छ, त्यसलाई सन्तुलन गरिन्छ । त्यसैले यो विधि एक विज्ञान (साइन्स) को प्रयोग पनि भएको नरेश राजबीर शर्मा बताउंछन् ।

वास्तु घर, कार्यालय वा रेष्टुरेन्ट जहां बसिन्छ वा काम गरिन्छ त्यहां राखिएका सामानहरुको तत्व, दिशा र 
ग्रहबाट सन्तुलन मिलाएर राख्ने पद्धति हो । वास्तु शास्त्रबाट मानिसले आफ्नो घर, परिवार, व्यवसाय र स्वास्थ्यलाई समेत सन्तुलित बनाइ जीवनमा सफलता हासिल गर्न सक्छ । आधुनिक प्रविधिका भवनहरूमा आर्किटेक्ट इन्जिनियरहरुले वास्तुको प्रयोग गरेको उनी बताउंछन् ।

नरेश अगाडि प्रष्टयाउंछन्, ‘अंक विज्ञान वा न्यूमेरोलोजी पनि ५ तत्व चार दिशा र ९ ग्रह मिलाएर लाने पद्धति हो जसबाट पारिवारिक, व्यवसाय, अध्ययन, स्वास्थ्यलाई मिलाएर जीवन सफल पार्न सकिन्छ । तसर्थ वास्तु र नुमेरोलोजी कुनै अन्धविश्वास वा धार्मिक नभई विज्ञान (साइन्स) ले मानेको पद्धति हो ।’

नरेशले आफ्नो सेवा अनलाइन र प्रत्यक्ष गएर पनि दिने बताएका छन् । विगत एक दशकबढी समयदेखि लन्डन कर्मथलो बनाउंदै आएका उनी अब वास्तु र नुमेरोलोजी पेशामै दत्तचित्त भएर लाग्ने योजनामा छन् ।

नरेश राजबीरले प्रारम्भिक शिक्षा सिद्धार्थ बनस्थलीबाट शुरु भएर त्यहां एसएलसी पास गरे । पछि काठमाडौंकै अस्कल, पिपुल्स् र नेपाल कमर्स क्याम्पसबाट उच्च शिक्षा अध्ययन गरे । लन्डन आइसकेपछि विभिन्न व्यवसायमा लागेका नरेश राजबीर अब पृथक क्षेत्रमा सफलता चुम्ने महत्वकांक्षासहित अगाढि बढेका छन् ।

उनीबारे थप जानकारी र सम्पर्क गर्न- https://nareshvaastu.com/

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू