बिहीबार, वैशाख २०, २०८१
22:59 | ०३:४४

बेलायतमा थप १२०० संक्रमितको मृत्यु

२३ हजार बढी संक्रमित

नेपाली लिङ्क जनवरी ३०, २०२१

लन्डन  । बेलायतमा कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टाभित्र थप १२०० को मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ ।

शनिबार थपिएका नयाँ संक्रमितसंगै बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख पांच  हजार ५७१ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा २३ हजार २७५ जना नयां संक्रमित थपिएका छन् । नयांसंगै बेलायतमा कोरोना संक्रमितको संख्या ३७ लाख ९६ हजार ८८ पुगेको छ ।

केहि दिनयता बेलायतका अस्पतालमा भर्ना हुनेको संख्यामा कमी आएको स्वास्थ्य विभागको तथ्यांकमा उल्लेख  छ  ।

हाल यहाँका अस्पतालमा ३४ हजार ७८३ संक्रमितको उपचार भइरहेको छ भने तीन हजार ८३२ जना संक्रमित भेन्टिलेटरमा उपचारार्थ  छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू