शनिबार, वैशाख ८, २०८१
03:45 | ०८:३०

बेलायतमा कोरोनाले अर्का भूतपूर्व गोर्खाको अवसान

नेपाली लिङ्क जनवरी २८, २०२१

लन्डन । कोरोना भाइरस संक्रमणका कारण अर्का एक भूतपूर्व गोर्खाले ज्यान गुमाएका छन् ।

आर्मी नम्बर २११५३८०३ भएका भूतपूर्व गोर्खा टिकाबहादुर गुरुङको बिहीबार कोभिड संक्रमणका कारण रेडिङमा निधन भएको छोरा गणेश गुरुङले जनाए । गत जनवरी १२ तारिखमा कोरोना पुष्टि भएपछि स्वर्गीय गुरुङलाई बेलायतको रेडिङस्थित रोयल वर्कसायर अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको निधन भएको बताइएको छ ।

उनी २ छोरा र श्रीमतीका साथ रेडिङमा बस्दै आएका थिए । सन् १९४४ फेब्रुअरी २८ मा भोजपुरमा जन्मिएका गुरुङ पछि सुनसरी इटहरी नगरपालिका-२०, तरहरा सरेका थिए ।

पछिल्लो समय बेलायतमा कोरोनाका कारण ज्यान गुमाउने नेपालीमा भूतपूर्व गोर्खा र तिनका परिवारको संख्या बढी छ । अहिलेसम्म यहां झण्डै ८० नेपालीले ज्यान गुमाइसकेको अनुमान छ । कोरोना भाइरसको नयां भेरियन्ट बढी संक्रामक र घातक रहेको वैज्ञानिकहरुले बताइरहंदा यसले बेलायत नराम्ररी प्रभावित छ र नेपाली समुदाय पनि पीडित बनेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू