शुक्रबार, चैत १६, २०८०
08:10 | १३:५५

नेपालमा एकैदिन थपिए तीन हजार १६७ संक्रमित

रासस अक्टोबर १७, २०२०


काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा एक हजार ७४६ सहित देशभर तीन हजार १६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

काठमाडौँमा एक हजार ४५१, ललितपुरमा १५२ र भक्तपुरमा १४३ नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा १५ हजार ४३८ नमुना पिसिआर विधिबाट परीक्षण गरिएको थियो । नेपालमा कूल सङ्क्रमितको सङ्ख्या एक लाख २९ हजार ३०४ पुगेको छ । हालसम्म १२ लाख ६९ हजार ६०५ नमूनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार २५ हजार ३४८ सङ्क्रमित होम आइसोलेसन र १३ हजार २९९ सङ्क्रमित संस्थागत आइसोलेसनमा छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार ७३७ पुगेको छ । सङ्क्रमितमध्ये २९० जनाको आइसियू र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा एक हजार ८०० जना कोरोना मुक्त भएका छन् । यससँगै नेपालमा कोरोना मुक्त हुनेको सङ्ख्या ८९ हजार ८४० पुगेको छ । जुन कूल सङ्क्रमितको ६९.४ प्रतिशत हो ।

मोरङ, सुनसरी, मकवानपुर, सुर्खेत, कास्की, रुपन्देही, बाँके, भक्तपुर, ललितपुर र काठमाडौँमा ५०० बढी सक्रिय सङ्क्रमित छन् भने मुस्ताङमा सक्रिय सङ्क्रमित छैनन् । कोरोनाबाट पछिल्लो २४ घन्टामा १२ जनाको ज्यान गएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ७२७ पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू