शनिबार, वैशाख १५, २०८१
03:33 | ०८:१८

थप ४ हजार ४७ नयाँ संक्रमित

२४ घण्टामा ९ संक्रमितको मृत्यु

रासस अक्टोबर १२, २०२०

काठमाडौं । पछिल्लो २४ घण्टामा चार हजार ४७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३३ हजार ८८० पुगेको छ । उनीहरुमध्ये संस्थागत आइसोलेशनमा १३ हजार ९२३ र होम आइसोलेशनमा १९ हजार ९५७ जना छन् । यस्तै देशभर कुल सङ्क्रमितको सङ्ख्या एक लाख ११ हजार ८०२ पुगेको छ । क्वारेन्टिनमा रहनेहरु चार हजार ८३१ छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १४ हजार ५३० जनाको पिसिआर परीक्षण गरिएको बताए । पछिल्लो समय एक हजार ४७३ जना कोरोनामुक्त भएपछि हालसम्म निको हुनेको कुल सङ्ख्या ७७ हजार २७७ पुगेको छ । भाइरसबाट निको हुने दर ६९ दशमलव १ प्रतिशत छ ।

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप दुई हजार २८३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । तिमध्ये काठमाडाँैंमा एक हजार ८८८, भक्तपुरमा ११८ र ललितपुरमा २७७ जनामा सङ्क्रमण पुष्टि भएको बताइएको छ ।

हाल मनाङ जिल्लामा मात्रै कोरोनाको सक्रिय सङ्क्रमित छैनन् । पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका नौ जिल्लामा मोरङ, सुनसरी, मकवानपुर, सुर्खेत, चितवन, रुपन्देही, काठमाडौँ, ललितपुर र भक्तपुर छन् । देशभर सङ्क्रमितमध्ये २७९ जना सघन उपचार कक्ष र ६७ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

थप नौको मृत्यु
पछिल्लो समय नौ जनाको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको छ । यससँगै आजसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६४५ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू