शुक्रबार, वैशाख ७, २०८१
01:11 | ०५:५६

ननिटनका नेपालीलाई ‘क्यान’ च्यारिटीबाट मास्क र स्यानिटाइजर वितरण

नेपाली लिङ्क अक्टोबर ११, २०२०

लण्डन । ‘कम्युनिटीज एण्ड नेचर’ (क्यान) नामक अन्तर्राष्ट्रिय च्यारिटीको सहयोगमा बेलायतको ननिटनमा बस्ने नेपालीहरुलाई मास्क तथा स्यानिटाइजर वितरण गरिएको छ ।

ननिटनस्थित विभिन्न नेपाली संघसंस्थामार्फत स्थानीय नेपालीहरुलाई ती सामग्री सहयोग गरिएको हो ।

ब्रिटिश गोर्खा भेट्रान एशोसिएसनका पूर्व सचिव रविन राईको संयोजनमा ननिटनका नेपालीलाई क्यानको सहयोग बाँडिएको हो । तमु समाज ननिटनको भवनमा आयोजित कार्यक्रममा स्थानीय संघसंस्थाका प्रतिनिधिलाई राईले मास्क र स्यानिटाइजर हस्तान्तरण गरेका थिए ।

त्यस अवसरमा तमु समाज ननिटनका अध्यक्ष ईन्द्रकुमार गुरुङलाई १ सय स्यानिटाइजर र ४ सय मास्क तथा राई समाजका अध्यक्ष युगाराज राईलाई ४० स्यानिटाइजर र ३ सय २० मास्क हस्तान्तरण गरियो ।

त्यस्तै, ननिटन लिम्बू समाज र मगर समाजका प्रतिनिधिलाई पनि क्रमश ३० स्यानिटाइजर र २ सय ४० मास्क तथा २० स्यानिटाइजर र १ सय ६० मास्क प्रदान गरियो ।

ननिटनस्थित अन्य नेपाली समुदायको लागि भने राई आफैले ३० स्यानिटाइजर तथा २ सय ४० मास्क वितरण गर्नेछन् ।

सहयोग वितरणका अवसरमा तमु समाज ननिटनका पूर्व अध्यक्षद्वय क्याप्टेन बखतबहादुर गुरुङ र नन्द गुरुङ, एनआरएनए पोर्चुगलका पूर्व उपाध्यक्ष एवम् व्यवसायी कमल गुरुङ लगायतको पनि उपस्थिति थियो ।

ननिटनमा करिब ५ सय नेपाली परिवारको बसोबास छ । अधिकांश गोर्खाहरु बस्दै आएको यस क्षेत्रमा कोभिड संक्रमणबाट धेरै नेपालीले ज्यान गुमाएका थिए ।

‘क्यान’ च्यारिटीले बेलायतका अन्य क्षेत्रस्थित नेपालीलाई पनि मास्क, स्यानिटाइजरसहितका स्वास्थ्य सुरक्षा सामग्री सहयोग गर्ने जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू