शुक्रबार, चैत १६, २०८०
22:47 | ०४:३२

डा केसीको जीवनरक्षाका लागि इन्सेकद्वारा चिन्ता

रासस अक्टोबर २, २०२०

फाइल फोटो

काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि सार्थक पहलकदमी लिन सरकारसमक्ष माग गरेको छ ।

इन्सेकका अध्यक्ष डा इन्दिरा श्रेष्ठले आज जारी गरेको प्रेस विज्ञप्तिमा व्यक्तिको जीवन रक्षा गर्ने संवैधानिक दायित्व सरकारको भएको स्मरण गराउँदै सार्थक वार्ताका लागि माग गरिएको छ ।

‘डा गोविन्द केसी १९ औँ अनशन बस्नु भएको १८ दिन पूरा भएको छ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा एमबीबीएस कार्यक्रम सञ्चालन र विभिन्न भ्रष्टाचार काण्डको छानविन गर्नुपर्नेलगायतका छबुँदे माग राखी अनशनरत डा केसीको बिग्रँदो स्वास्थ्य अवस्थाप्रति इन्सेक चिन्ता जाहेर गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू