बिहीबार, वैशाख १३, २०८१
04:37 | ०९:२२

ट्रम्प र मेलानिया दुबैलाई कोरोना संक्रमण

रासस–एएनआई अक्टोबर २, २०२०

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फर्स्ट लेडी मेलानिया ट्रम्प दुबैलाई कोरोनाभाइरस संक्रमण भएको छ । 

ट्रम्पले बिहीबार ट्वीट गर्दै भनेका छन्, ‘म र प्रथम महिला दुबै कोभिड–१९ बाट संक्रमित भएका छौं । हामी दुबै क्वारेन्टिनमा छौं ।’

यसअघि राष्ट्रपति ट्रम्पले आफ्ना वरिष्ठ सल्लाहकार होप हिक्सलाई कोरोना संक्रमण देखिएको बताएका थिए । हिक्सलाई कोरोना पोजेटिभ भएसँगै राष्ट्रपति ट्रम्प र मेलानिया दुबैले कोरोना परीक्षण गराएका थिए   

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू