मंगलबार, वैशाख ११, २०८१
09:20 | १४:०५

जापानका प्रधानमन्त्री सुगालाई भेट्न चिनियाँ विदेशमन्त्री जापान जाने

रासस–एएनआई सेप्टेम्बर २७, २०२०

टोकियो, ११ असोज–– चिनियाँ विदेशमन्त्री वाङ यीले अर्को महिना जापानको भ्रमण गर्नु हुने भएको छ । उहाँले जापानका नवनियुक्त प्रधानमन्त्री योशिहिडे सुगासँग भेटवार्ता गर्नु हुने जापानी संचार माध्यमहरुले जनाएका छन् ।

प्रधानमन्त्रीमा नियुक्त भएपछि सुगाको यो कुनै विदेशी मुलुकको उच्च प्रतिनिधिमण्डलसँग पहिलो औपचारिक भेटवार्ता हुनेछ ।

एनएचकेका अनुसार चिनियाँ विदेशमन्त्री वाङ यी र जापानी विदेशमन्त्री मोटेगी तोसिमिचुबीच पनि मैत्रीपूर्ण भेटवार्ता हुनेछ ।

जापानी प्रधानमन्त्री सुगा र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच शुक्रबार टेलिफोन वार्ता भएपछि यो भ्रमण तय भएको हो । दुबै नेताले उच्च नेतृत्वबीचको निरन्तरको संवादको महत्व र आवश्यकतामाथि प्रकाश पार्दै दुबै नेताले मिलेर कार्य गर्न सहमति जनाएका थिए ।

यसैबीच, जापानका प्रधानमन्त्री सुगाले अर्को महिना अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग टोकियोमै भेटवार्ता गर्नु हुनेछ ।

गत सात, जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीका नेता सुगालाई जापानी संसदले प्रधानमन्त्रीमा चयन गरेको छ । स्वास्थ्य अवस्था नाजूक भएको भन्दै तत्कालीन प्रधानमन्त्री शिन्जो आबेले राजीनामा दिएपछि सुगा प्रधानमन्त्रीमा चयन हुनु भएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू