विश्वविख्यात कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको अन्त्येष्टि बेलायतमा


लण्डन । पाकिस्तानको ब्रड पिकमा भएको हिमपहिरोमा परी निधन भएका विश्वविख्यात कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को अन्तिम बिदाइ बेलायतमा हुने भएको छ।
उनको परिवार बेलायतमा रहेकाले धार्मिक परम्पराअनुसार यहीं अन्त्येष्टि गरिने भएको हो।
बेलायतमा रहेका पुर्जाका दाजु कमलबहादुर पुर्जाले धार्मिक परम्पराअनुसार लन्डनमा अन्त्येष्टि गरिएपछि जन्मभूमि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दाना तथा बाल्यकाल बिताएको चितवनमा समेत उनको सम्झनामा श्रद्धान्जली कार्यक्रम गरिने बताए।
“भाइको सम्झनामा विश्व स्तब्ध छ। हामीले बुहारी र छोरीलाई सहज हुने गरी अन्त्येष्टिको व्यवस्था गर्नुपर्ने अवस्था छ। अन्त्येष्टिको मिति तय गर्न विभिन्न प्रक्रिया पूरा गर्नुपर्छ,” उनले सरकारी अखबार गोर्खापत्रसंग भने।
गत साउन १४ गते ब्रड पिक आरोहणका क्रममा गएको भीषण हिमपहिरोमा परी पुर्जा नेतृत्वको १० सदस्यीय आरोहीको निधन भएको थियो।
स्वर्गीय पुर्जाको शव साउन १७ गते पहिचान भए पनि मौसम प्रतिकूल हुनुका साथै अन्य आरोहीको शवभन्दा निकै अप्ठ्यारो स्थानमा रहेकाले बुधबार दिउँसो मात्रै बेसक्याम्पमा ल्याइएको थियो।
स्वर्गीय पुर्जाको कम्पनी एलिट एक्सपिडिसनले बुधबार जारी गरेको विज्ञप्तिमा ‘निम्स’ पुर्जा, निमा शेर्पा, झोङ वाङ र किलु शेर्पाको शव अत्यन्त चुनौतीपूर्ण उद्धार अभियानपछि ब्रड पिकबाट निकालेर सुरक्षित रूपमा बेसक्याम्पमा ल्याइएको उल्लेख छ।
ती शव शुक्रबार राति वा शनिबारसम्म लन्डन पुर्याइने जनाइएको छ।
लन्डनमा पनि अन्तिम विदाईका लागि आवश्यक कानुनी प्रक्रियासहितका कार्य पूरा गर्न केही समय लाग्ने बताइएको छ।
ब्रिटिश आर्मीको जागिर छाडेर आरोहणमा
पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल छ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए । उनको यही असाधारण यात्रामाथि आधारित ‘14 Peaks: Nothing Is Impossible’ डकुमेन्ट्रीले उनलाई विश्वभर चिनाएको थियो ।
४३ वर्षीय निर्मलको ब्रिटिश आर्मीको जागिर छाडेर आरोहणमा लागेका थिए ।
सन् २००३ मा ब्रिगेड अफ गोर्खाज् प्रवेश गरेका थिए निर्मल । सन् २००९ देखि ‘यूके स्पेशल फोर्सेस’ (स्पेशल बोट सर्भिस) को अंग बने उनी । दुई सय वर्षको गोर्खा इतिहासमा स्पेशल बोट सर्भिसमा छानिने उनी पहिलो गोर्खा हुन् ।
उनले सन् २०१२ देखिमात्र आरोहण यात्रा प्रारम्भ गरेका थिए । उनी सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो सर्भिङ ब्रिटिश गोर्खा पनि बनेका थिए । उनले सगरमाथा चढ्ने क्रममा कठ्यांग्रिएर मृत्युको काखमा पुगेका एकजना भारतीय आरोहीलाई बचाएका थिए ।
‘जि २०० इ गोर्खा एक्सपिडिसन’ मा १३ गोर्खाहरुलाई सगरमाथा लैजान उनको प्रमुख भूमिका थियो । यी विभिन्न उपलब्धि र साहसले ब्रिटिश आर्मी जागिरमा उनी कलिलै उमेरमा बेलायती महारानीबाट ‘एमबीइ’ जस्तो साहसिक ब्रिटिश नेशनल अवार्ड पाउन सफल भएका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


