शुक्रबार, वैशाख १४, २०८१
13:04 | १७:४९

पाल्पामा पहिरोमा बेपत्ता पाँचै जनाको शव भेटियो

रासस सेप्टेम्बर २६, २०२०

पाल्पा । रम्भा गाउँपालिका–२ बेलौजामा बिहीबार बिहान पहिराले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ ।

गएराति थप दुई जनाको शव भेटिएको हो । त्यसअघि शुक्रबार दिउँसो तीन जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले जानकारी दिए   

गएराति घरमूली ६० वर्षीय हुमबहादुर गाहा र उनकी श्रीमती ५० वर्षीया हुमीसरा गाहाको शव भेटिएको सूचना अधिकारी गिरीले बताए   

शुक्रबार दिउँसो कृष्णमाया गाहा, लक्ष्मी गाहा, र खुसीसारा आलेको शव भेटिएको थियो । वर्षाका कारण बिहीबार खोजीकार्य हुन सकेको थिएन । शुक्रबार बिहानदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासीाको सक्रियतामा खोजी गरिएपछि शव भेटिएको हो । 

झोक्दी र बेलौजा बीचको जंगलमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । सडकमा पहिरो खस्दा आवतजावतमा समस्या भएको थियो । अवरुद्ध सडक खुलाउन डोजरले काम गरे पनि पहिरो खस्ने क्रम नरोकिएका कारण समस्या भएको थियो । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू