बिहीबार, चैत १५, २०८०
11:38 | १७:२३

गौतम राष्ट्रियसभामा मनोनित

रासस सेप्टेम्बर १७, २०२०

काठमाडौँ, १ असोज– नेकपा नेता वामदेव गौतम राष्ट्रियसभामा मनोनित भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम नेपाल सरकारको सिफारिशमा प्युठान, दाहाक्वारी १–का गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरेकी हुन् ।   

सो कुरा राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

कुल ५९ सदस्यीय राष्ट्रियसभामा राष्ट्रपतिबाट सङ्घीय सरकारको सिफारिशमा कम्तीमा एक महिलासहित तीन जनालाई मनोनयन गरिने प्रावधान छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू