बुधबार, वैशाख १२, २०८१
04:55 | ०९:४०

वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण

लामा सोल्टी होटलको आइसोलेशनमा बसेका छन्

नेपाली लिङ्क सेप्टेम्बर १४, २०२०


नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई कोरोना भाइरस (कोभिड १९)  संक्रमण पुष्टि भएको छ । ललितपुरको स्टार अस्पतालमा स्बाब दिएका लामाको आज प्राप्त पीसीआर रिपोर्टमा पोजेटिभ नतिजा आएको हो ।

पाइलट लामा सोल्टी होटलको आइसोलेशनमा बसेका छन् । उनले पछिल्लो समय शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई तीन दिनअगाडि दक्षिण सुडान लगेका थिए ।

दक्षिण सुडानबाट फर्केपछि लामाले कुनै पनि जहाज उडाएका थिएनन् । लामासँगै अर्का पाइलट उदय कोल्हात्करलाई पनि कोरोना संक्रमण पुष्टि भएको  बताइएको छ । कोल्हात्कर पनि लामासँगै सोल्टी होटलको आइसोलेसनमा बसेका छन् ।

कोरोना संक्रमण फैलिएसंगै लकडाउनका बेला लामाले विभिन्न मुलुकमा चार्टर उडान गर्दै आएका थिए । यसअघि पनि नेपाल एयरलाइन्सका एक दर्जन उडान कर्मचारीमा कोरोना संक्रमण देखिएपछि एयरलाइन्सले आफ्ना कर्मचारीलाई सोल्टीकै क्वारेन्टाइनमा राखेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू