शनिबार, वैशाख ८, २०८१
07:13 | ११:५८

वार्षिक भेला र साधारणसभा स्थगित गर्ने गुल्मी जिल्ला समाजको निर्णय

नेपालमा आवश्यक पर्न सक्ने सहयोगका लागि तयार रहने

नेपाली लिङ्क मे २४, २०२०

लण्डन । बेलायतका नेपाली सामाजिक संस्थाहरुमध्येकै अग्रणी गुल्मी जिल्ला समाज यूकेले कोरोना महामारीको अवस्थालाई ध्यानमा राख्दै यस वर्षको वार्षिक साधारणसभा स्थगित गर्ने भएको छ ।

आइतबार जुममार्फत बसेको अनलाइन बैठकले हरेक वर्ष अगस्ट पहिलो साता आयोजना गर्दै आएको समाजको वार्षिक भेला पनि यसपटक आयोजना नगर्ने निर्णय गरेको छ ।

समाजका ट्रस्टी, सल्लाहकार र कार्यसमितिका पदाधिकारीहरु सहभागी बैठकले साधारणसभामा पेश हुने वार्षिक तथा आर्थिक प्रतिवेदनहरु इमेलमार्फत ‘सर्कुलर’ गर्ने निर्णय गरेको छ ।

समाजका अध्यक्ष टोप पल्लीको अध्यक्षतामा सम्पन्न बैठकमा कोरोना महामारीका कारण समस्यामा परेकाहरुको सहयोगका लागि समाजले खेल्नुपर्ने भूमिकाबारे छलफल गरिएको थियो । बैठकका सहभागी सल्लाहकार तथा कार्यसमितिका पदाधिकारीहरुले संक्रमण बढ्दै जाँदा नेपालमा विशेष सहयोगको आवश्यकता पर्न सक्ने भन्दै त्यसका लागि समाज तयार रहनुपर्ने मत व्यक्त गरेका थिए ।

बैठकले बेलायतमा कोरोना प्रभावित नेपालीहरुको सहयोगमा एनआरएनए यूकेले सञ्चालन गरेको अभियानमा कुल ५ सय ३ पाउण्डको आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । समाजका तर्फबाट २ सय ५३ पाउण्ड एनआरएनए यूकेको खातामा पहिलै नै गइसकेको सन्दर्भमा थप २ सय ५० पाउण्ड सहयोग गर्ने निर्णय गरिएको छ ।

साथै, विद्यार्थीहरुलाई राहत बाँडिरहेको मर्जिङ नेपसक्सका लागि समाजका तर्फबाट १ सय पाउण्डको सहयोग प्रदान गरिने भएको छ ।

बैठकमा संस्थापक अध्यक्ष ओमप्रसाद थापाले केहि महिनाअघि नेपालमा गरिएको समाजको सहयोग वितरणबारे जानकारी गराएका थिए । पूर्व अध्यक्षहरु अर्जुन गौतम र राम गलामी, सल्लाहकार रण केसी, दुर्गा पाण्डे, मोति भण्डारी, कर्णेल यामबहादुर राना, कमल भण्डारी, फत्त थापा, ताम ढेगा, ओम गुरुङ लगायतले अहिलेको अवस्थामा समाजले खेल्नुपर्ने भूमिकाबारे आआफ्नो धारणा राखेका थिए ।

सल्लाहकार केशव भण्डारीले संस्थाको विधानका बारेमा अपडेट गराएका थिए । समाजका सल्लाहकार समेत रहेका एनआरएनए यूके उपाध्यक्ष प्रेम गाहा, महासचिव फडिन्द्र भट्टराई र सचिव कोशलेश्वर ढकालले एनआरएनए यूकेको सहयोग अभियानबारे बताएका थिए ।

कोषाध्यक्ष वरुण भण्डारीले आर्थिक अपडेट गराएका थिए । सचिव मञ्जु भण्डारी, कार्यसमिति सदस्य बाबुराम भण्डारी लगायतले क्षेत्रगत रुपमा स्थानीय नेपालीको अवस्थाबारे जानकारी गराएका थिए ।

समाजका महासचिव बीर बलालले सञ्चालन गरेको बैठकमा उपाध्यक्ष तारानाथ भण्डारीले स्वागत मन्तव्य दिएका थिए । बैठकमा कार्यसमितिका पदाधिकारी, सल्लाहकार र ट्रस्टीहरुसहित झण्डै ४० जनाको सहभागिता थियो ।

अध्यक्ष टोप  पल्लीले बैठकमा सहभागी सल्लाहकार तथा  कार्यसमितिका पदाधिकारीलाई धन्यवाद ज्ञापन गर्दै महामारी पीडित नेपालीको सहयोगका लागि समाजले आवश्यक भूमिका निर्वाह गर्दै जाने जानकारी गराएका थिए ।  

बैठकमा विनोद ज्ञवाली, शंकर भण्डारी, रनजन खरेल, गोकर्ण बस्नेत, बिनप्रसाद भुजेल, खड्क रेश्मी, टेक थापा सहितका सल्लाहकार एवम् कार्यसमितिका उपाध्यक्ष राम सापकोटा, सह-कोषाध्यक्ष तारा भट्टराई, प्रवक्ता रुद्र थापा र सदस्यहरु भोजराज भण्डारी, राधा खरेल, माया केसी, शिव राना, मुकुन्द खराल, हरि भट्टराई, रिता गातम, महलाल शर्मा, भक्त बलाल, कमला भण्डारी, शंकर भण्डारी र भिम खनाल सहभागी थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू