शुक्रबार, वैशाख ७, २०८१
17:44 | २२:२९

बेलायतमा २४ घण्टामा १ सय ६० को मृत्यु

नेपाली लिङ्क मे १८, २०२०

लण्डन । बेलायतमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा १ सय ६० जनाको मृत्यु भएको छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ का अनुसार हालसम्म बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ हजार ७ सय ९६ पुगेको छ ।

सोमबार बिहानसम्म २४ घण्टामा बेलायतभर एक लाख ६ सय ७८ वटा कोरोना भाइरस परीक्षण भएका छन् । जसमध्ये २ हजार ६ सय ८४ जनामा संक्रमण भेटिएका छन् ।

अहिलेसम्म बेलायतमा कुल २६ लाख ८२ हजार ७ सय १६ परीक्षण भएका छन् र कुल संक्रमितको संख्या २ लाख ४६ हजार ४ सय ६ संक्रमित भएका छन् ।

अहिले बेलायतका अस्पतालमा उपचार गराइरहेका संक्रमितहरुको संख्या एक साताको अवधिमा १३ प्रतिशतले घटेर ९ हजार ४ सय ८ पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू