शुक्रबार, चैत १६, २०८०
23:52 | ०५:३७

कवि ‘पथिक’ लाई सम्झियो साहित्य चौतारी यूकेले

नेपाली लिङ्क अप्रिल २५, २०२०

साहित्य चौतारी यूकेका सदस्य कवि गोपाल शाही ‘पथिक’को कोरोना संक्रमणका कारण गत बुधबार मृत्यु भएको थियो ।

लण्डन । कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका कवि गोपाल शाही ‘पथिक’ प्रति उनका सहकर्मी साहित्यकार तथा सर्जकहरुले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

साहित्य चौतारी यूकेले शुक्रबार एक ‘भर्चुअल’ बैठक गरी आफ्नो समूहमा सक्रिय कवि ‘पथिक’को निधनप्रति श्रद्धाञ्जली अर्पण गरेको हो ।

कार्यक्रमको शुरुमा स्वर्गीय कविप्रति श्रद्धाञ्जलीस्वरुप १ मिनेट मौनधारण गरिएको थियो । सहभागी सर्जकहरुले  कवि ‘पथिक’प्रति श्रद्धाञ्जलीका साथै उनको कवि व्यक्तित्वका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रमका संयोजक कवि चन्द्र कार्कीले सञ्चालन गरेको कार्यक्रममा साहित्य चौतारी यूकेमा आबद्ध करिब डेढ दर्जन कवि तथा साहित्यकारहरु सहभागी थिए ।

सोहि अवसरमा साहित्य चौतारीले स्वर्गीय ‘पथिक’को परिवारमा समवेदना व्यक्त गर्दै स्वेच्छिक रुपमा सदस्यहरुले आर्थिक सहयोग संकलन गरी प्रदान गर्ने निर्णय समेत गरेको संयोजक वासु शर्माले जानकारी दिए ।

साहित्य चौतारी यूकेमा समेत सक्रिय कवि ‘पथिक’को अप्रिल २२ तारिख बुधबार मृत्यु भएको थियो ।

उनलाई ‘कोभिड १९’ संक्रमण भइ अस्पतालमा भर्ना भएको २ सातापछि उपचारकै क्रममा मृत्यु भएको परिवारले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू