शुक्रबार, वैशाख १४, २०८१
01:08 | ०५:५३

बेलायतमा एक साताभित्रै दुई स्याङ्जाली भूपू गोर्खाको निधन

एकलाई कोरोना संक्रमण

नेपाली लिङ्क अप्रिल २४, २०२०

मृतक ७६ वर्षीय तीलबहादुर गुरुङ र ७५ वर्षीय भूपबहादुर गुरुङ

लण्डन । नेपालमा स्याङ्जा जिल्ला घर भएका दुई भूतपूर्व गोर्खाको बेलायतमा निधन भएको छ ।

एक साताको अन्तरालमा ७५ वर्षीय भूपबहादुर गुरुङ र ७६ वर्षीय तीलबहादुर गुरुङको निधन भएको स्याङ्जा समाज यूकेका अध्यक्ष शारदा गुरुङले नेपाली लिंकलाई जानकारी दिए ।

लण्डनको ह्यारोमा बस्दै आएका भूपबहादुरको गत मार्च २७ तारिखमा र स्याण्डहर्सटमा बस्दै आएका तीलबहादुरको अप्रिल ४ तारिखमा निधन भएको हो ।

मृतकहरुमध्ये तीलबहादुरलाई कोरोना संक्रमण भएको जानकारी उनको परिवारले गराएको तर भूपबहादुरको विषयमा स्पष्ट भइनसकेको पनि स्याङ्जा समाज यूके अध्यक्ष गुरुङले बताए ।

मृत्यु हुनेहरुमध्ये तीलबहादुर स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका टक्सार खलंगाका हुन् । उनका श्रीमती, तीन छोरा र चार छोरी छन् ।

त्यस्तै, भूपबहादुर पनि पुतलीबजार नगरपालिकाकै डाँडास्वाँराका हुन् । उनका श्रीमती, एक छोरा र दुई छोरी बेलायतमा छन् भने नेपालमा पनि उनका एक छोरा र दुई छोरी छन् ।

स्याङ्जा समाज यूकेका अध्यक्ष गुरुङले निधन भएका दुवैप्रति समाजकोतर्फबाट श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरुका परिवारमा समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू