शुक्रबार, वैशाख ७, २०८१
16:42 | २१:२७

कोरोनाले बेलायत बस्दै आएका पूर्व प्रअ लिङ्देनको निधन

नेपाली लिङ्क अप्रिल २३, २०२०

लन्डन ।  कोरोना भाइरस संक्रमणका  कारण बेलायतमा थप एक नेपालीको  निधन भएको छ । 

बेलायतको रेडिङमा बस्दै आएका अन्दाजी ६५ वर्षीय हंसराज लिङ्देनको बुधबार निधन भएको उनका आफन्त समेत रहेका एनआरएनए यूके पूर्व महासचिव विजयविक्रम लिङ्देनले बताए ।  

मृतक  पछिल्लो   तीन सातादेखि स्थानीय रोयल बर्कशायर अस्पतालमा उपचाररत थिए । 

मधुमेह, उच्च रक्तचाप लगायतका दीर्घ रोगबाट पीडीत रहेका लिङ्देनलाई श्वासप्रश्वासमा समस्या  भएपछि  अस्पातल भर्ना गरिएको थियो ।  

उनमा कोरोना संक्रमण भएको जानकारी केही दिनअघि  अस्पतालले परिवारलाई गराएको थियो ।  

झापा खुदुनावारीका लिङ्देन स्थानीय जनता माविका पूर्व प्रधानाध्यापक  समेत हुन्   

सन २००६ देखि  उनी श्रीमती र दुई छोरीसंगै बेलायतमा बस्दै आएका थिए ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू