शुक्रबार, वैशाख ७, २०८१
05:32 | १०:१७

कृषि विश्वविद्यालयले बनायोे ‘तितेपाती स्यानिटाइजर’ 

रासस अप्रिल २१, २०२०

भरतपुर । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले ‘तित्तेपाती स्यानिटाइजर’ उत्पादन गरेको छ ।

विश्वविद्यालयको जैविक प्रविधि केन्द्रले उत्पादन गरेको ‘स्यानिटाइजर’मा ‘इथानोल’, ‘ग्लिसिरोल’, ‘हाइट्रोजन पेरोअक्साइड’ र तितेपातीको समिश्रणबाट ‘स्यानिटाइजर’ उत्पादन गरिएको हो ।

तितेपाती प्रयोग गरी बनाइएको ‘स्यानिटाइजर’ पहिलो प्रयोग भएको विश्विद्यालयका उपप्राध्यापक सरोज सापकोटाले जानकारी दिए । सो ‘स्यानिटाइजर’ विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार तयार पारिएको सापकोटाले बताए ।

केन्द्रले पहिलो चरणमा १८० लिटर ‘स्यानिटाइजर’ उत्पादन गरेको र २० एमएलको बोतलमा ‘प्याकिङ’ गरेको छ ।

‘स्यानिटाइजर’ सोमबारदेखि प्रयोगमा ल्याइएको छ । जिल्लाको नारायणगढ र नवलपुरको गैँडाकोट क्षेत्रका तरकारी तथा फलफूल बिक्री गर्ने व्यवसायी तथा कृषकलाई निःशुल्क रूपमा वितरणसमेत गरिएको छ ।

सो अवसरमा विश्वविद्यालयका उपकुलपति प्रा डा शारदा थपलिया, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, जैविक प्रविधि केन्द्रका निर्देशक डा ईश्वरीप्रसाद कडरिया, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकाललगायत उपस्थित थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू