शुक्रबार, चैत १६, २०८०
12:12 | १७:५७

अमेरिकामा एकै दिन चार नेपालीको निधन   

रासस अप्रिल ५, २०२०

मृतक ङिमा टेम्बा शेर्पा र अजयमान छोंचू ।

वाशिङटन डिसी, २३ चैत-अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार कोरोनाका कारण निधन भएको छ । यस अगाडि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो । योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुनेको सङ्ख्या पाँच पुगेको छ ।

शनिबार अरू चारजनाको निधन भएको हो । निधन हुनेमा ४० वर्षीय सोनाम लामा, ४८ वर्षीय थोक्मे बिष्ट, निमा टेम्बा शेर्पा र अजयमान छोंचू रहनुभएको छ । सबै न्युयोर्कमा बस्दै आउनुभएको थियो । निधन भएकाको परिवार र स्थानीय सङ्घसंस्थाका प्रतिनिधिसँग समन्वय गरेर अन्तिम संस्कार गरिने जानकारी मेरिल्यान्ड राज्यसभाका विधायक ह्यारी भण्डारीले बताउनुभयो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू