बेलायतका लागि नेपाली राजदूतमा घिमिरेको नाम अनुमोदन
१७ मध्ये १६ देशका राजदूतको नाम अनुमोदन



लन्डन । बेलायतका लागि नेपाली राजदूतमा चन्द्र कुमार घिमिरेको नाम अनुमोदन भएको छ । बिहीबार सिंहदरबारमा बसेको बैठकले सरकारले सिफारिस गरेका १७ मध्ये १६ देशका लागि नेपाली राजदूतको नाम अनुमोदन गरेको हो । आफ्नो शैक्षिक प्रमाणपत्र पेस नगरेकाले श्रीलंकाका लागि सिफारिस राजदूत रामकृष्ण भट्टराईको नाम भने अनुमोदन गरिएको छैन ।
समितिको निर्णयअनुसार बेलायतका लागि चन्द्र कुमार घिमिरे, अमेरिकाका लागि लोकदर्शन रेग्मी, चीनका लागि प्राडा कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर, जर्मनीका लागि डा शैल रुपाखेती, भारतका लागि शंकरप्रसाद शर्माको नाम अनुमोदन भएको छ ।
यस्तै इजरायलका लागि डा धनप्रसाद पण्डित, मलेसियाका लागि डा नेत्रप्रसाद तिमल्सिना, पाकिस्तानका लागि रीता धिताल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका लागि जंगबहादुर चौहान, दक्षिण अफ्रिकाका लागि प्राडा कपिलमान श्रेष्ठ, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण कोरियाका लागि डा शिवमाया तुम्बाहेम्फे र स्पेनका लागि सनिल नेपालको नाम अनुमोदन भएको छ ।
समितिको बैठकबाट अनुमोदन भएका राजदूतहरूको अब सम्बन्धित देशबाट एग्रिमो आएपछि राष्ट्रपतिबाट नियुक्त भई शपथ हुनेछ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



