बुधबार, वैशाख १९, २०८१
21:45 | ०२:३०

प्रवासी नेपाली मञ्चको मिडल्याण्ड कमिटीमा नयाँ नेतृत्व, अध्यक्षमा शम्भु अर्याल

नेपाली लिङ्क अगस्ट २, २०२२

लन्डन। नेकपा एमालेनिकट प्रवासी नेपाली मञ्च यूकेको मिडल्याण्ड कमिटीले नयाँ नेतृत्व पाएको छ।

सोमबार नटिङहमको रोयल गोर्खा रेष्टुरेन्टमा सम्पन्न दोस्रो अधिवेशनले शम्भु अर्यालको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो।

नयाँ कमिटीमा उपाध्यक्ष हेमलाल सापकोटा, सचिव पदम गोले, सहसचिव यमलाल सापकोटा,आर्थिक विभाग प्रमुख बुद्धराज केसी तथा सदस्यहरु शशी पाण्डे, रेशम  खड्का, विवेक गोले, रमाकन्त पौडेल (रमेश), कोपिला लामिछाने, मुक्त अधिकरी, माधव पाण्डे निर्वाचित भएका छन्।  

१५ सदस्यीय कार्यसमतिका बाँकी सदस्य पछि मनोनित गरिने भएको छ। कमिटीको सल्लाहकारमा भने पशुपति पोखरेल, तारानाथ भन्डारी, रुक्मागत अर्याल, गोपिराज गिरी र गंगा ढकाललाई मनोनित गरिएको छ।

यसअघि मञ्चका केन्द्रीय समितिका नेताहरु समेतको सहभागिता रहेको अधिवेशनको अध्यक्षता शम्भु अर्यालले गरेका थिए। मञ्चको यूके केन्द्रीय कमिटीका उपाध्यक्ष एवम्   संघसंस्था समन्वय विभाग प्रमुख पशुपति पोख्रेलले स्वागत मन्तव्य राख्दै मिडल्यान्डमा संगठनको अवस्थाबारे जानकारी गराएका थिए।

अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि मञ्चको ग्लोबल कमिटीका अध्यक्ष भक्त गुरुङले मञ्चले आगामी दिनमा लिनुपर्ने कार्यदिशाबारे बोलेका थिए। उनले अहिलेसम्म संगठनले गर्दै आएको आएका कामका विषयमा पनि जानकारी गराएका थिए।

मञ्चका बेलायत इन्चार्ज तथा युरोप कमिटी उपाध्यक्ष विनोद ज्ञवालीले कार्यकर्तालाई अनुशासित र संगठनलाई बलियो पार्दै लैजानुपर्ने विचार व्यक्त गरेका थिए। यूके केन्द्रीय कमिटी अध्यक्ष सुरेन्द्र थपलियाले सांगठनिक गतिविधिबारे ‘अपडेट’ गराएका थिए।

त्यसअवसरमा मञ्चको अन्तरराष्ट्रिय कमिटी सल्लाहकार एवम् यूके कमिटी संस्थापक अध्यक्ष आंकलजंग लामा, युरोप कमिटीकी महिला विभाग प्रमुख कल्पना त्रिपाठी, यूके केन्द्रीय कमिटीका उपाध्यक्ष एवम् संगठन विभाग प्रमुख तुंगभद्र भुषाल, उपाध्यक्ष एवम् महिला विभाग प्रमुख सरस्वती केसी, उपाध्यक्ष एवम् स्कुल विभाग प्रमूख बालकृष्ण भुसाल, आर्थिक विभाग प्रमुख पून्य रेग्मी, सचिव तथा प्रचार प्रसार विभाग प्रमुख शक्ति घिमिरे लगायतले आफ्नो शुभकामना मन्तव्य राखेका थिए।

नवनिर्वाचित अध्यक्ष शम्भु अर्यालले मिडल्याण्डमा संगठन बलियो पार्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । जन्मभूमि नेपालको आर्थिक विकासमा सघाउन मिडल्याण्ड क्षेत्रका नेपालीको सीप, पूंजी लगानी बढाउने, समस्यामा पर्नेहारुलाई सहयोग गर्ने, अन्यायविरुद्ध आवाज उठाउने र अन्य संघसंस्थासँग मिलेर काम गर्ने योजना उनले सुनाएका थिए।  

कार्यक्रम सञ्चालन सचिव पदम बहादुर गोलेले गरेका थिए भने खाना र हल रोयल गोर्खाले उपलब्ध गराएको थियो।

त्यसअवसरमा हाल उपचारका लागि नेपालमा रहेका कमिटीका संस्थापक समिति अध्यक्ष तारानाथ भन्डारीको स्वास्थ्य लाभको कामना पनि गरिएको थियो।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू