बिहीबार, १२ नोभेम्बर, २०२६
08:13 | १३:५८

नेपाल–बेलायत व्यापार मञ्चको तयारीबारे राजदूत फेनसँग छलफल

नेपाली लिङ्क नोभेम्बर १२, २०२६


लन्डन । नेपाल–बेलायत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनबीसीसीआई) को टोलीले नेपालका लागि बेलायती राजदूत रोब फेनसँग भेट गरी आगामी नेपाल–बेलायत व्यापार मञ्चको तयारीबारे छलफल गरेको छ।

आगामी २६ नोभेम्बर २०२६ मा आयोजना हुने उक्त व्यापार मञ्च एनबीसीसीआई र काठमाडौंस्थित बेलायती दूतावासको संयुक्त आयोजनामा हुन लागेको हो।

भेटका क्रममा नेपाल र बेलायतबीचको द्विपक्षीय व्यापारिक सम्बन्ध थप सुदृढ बनाउने, लगानीका नयाँ सम्भावना पहिचान गर्ने तथा दुई देशका व्यवसायीबीच सहकार्य र साझेदारी विस्तार गर्ने विषयमा छलफल भएको थियो।

आगामी व्यापार मञ्चलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रमको तयारी, सहभागिता तथा नेपाल–बेलायतबीच आर्थिक र व्यावसायिक सहकार्यका सम्भावनाबारे पनि विचार आदानप्रदान गरिएको थियो।

मञ्चमा दुवै देशका उद्योगी, व्यवसायी, नीतिनिर्माता तथा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहने अपेक्षा गरिएको छ। यसले नेपाल र बेलायतबीच व्यापार, लगानी तथा व्यावसायिक साझेदारीका नयाँ अवसर सिर्जना गर्ने आयोजकको विश्वास छ।

एनबीसीसीआईले उक्त मञ्चमार्फत दुई देशबीचको आर्थिक सम्बन्धलाई थप विस्तार गर्दै व्यापार तथा लगानीका क्षेत्रमा सहकार्यका नयाँ ढोका खोल्ने लक्ष्य राखेको छ।

उक्त फोरममा बेलायतका व्यवसायीहरुको संस्था ब्रिटेन नेपाल चेम्बर अफ कमर्स प्रतिनिधिसमेत सहभागी हुने कार्यक्रम छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू