आइतबार, २० जुलाइ, २०२५
23:22 | ०४:०७

गोर्खा वार्तामा गेसोलाई ‘बाइपास’ नगर्न प्रचन्डको चेतावनी

गोर्खा वार्तामा गेसोको प्रतिनिधि ग्यारेन्टी गर्ने आश्वासन

नेपाली लिङ्क अप्रिल २, २०२२

लन्डन । पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचन्ड’ ले नेपाल र बेलायतबीच आसन्न गोर्खा वार्तामा गेसो प्रतिनिधिको सहभागिता ग्यारेन्टी गरिने बताएका छन् ।  

शनिबार माओवादी प्रवेश गरेका गेसो सभापति कृष्णकुमार राईसहितका पदाधिकारीलाई काठमाडौंमा स्वागत गर्दै प्रचन्डले गेसोको सहभागिताबिना गोर्खा वार्ता नै सम्भव नहुने ठोकुवा गरे । उनले भने, ‘गोर्खा आन्दोलनको संस्थापक र सबैभन्दा ठूलो संस्थालाई बाइपास गर्दै अरु कसैले चलखेल गरेर वार्तामा जान्छ भने त्यो बेइमानी हुन्छ ।’

गोर्खा वार्तामा गेसोका प्रतिनिधिलाई अनिवार्य रुपमा सहभागी गराउनुपर्ने भन्दै आफूले प्रधानमन्त्री शेरबहादुर देउवासँग समेत कुरा गरेको र प्रधानमन्त्रीले आश्वस्त पारेको प्रचन्डले बताए । 

माओवादी नवप्रवेशी गेसोका पदाधिकारीमाझ उनले भने, ‘अब त गोर्खा वार्तामा तपाईंहरुको प्रतिनिधि ग्यारेन्टी गर्नु मेरो पनि प्रतिष्ठाको विषय बन्यो । मैले जसरी पनि गर्नैपर्ने हुन्छ । तपाईंहरु ढुक्क हुनुहोस्।’

प्रचन्डले गेसोका प्रमुखसहितका अभियन्ताहरुको प्रवेश आफ्नो पार्टी र देशको लागि दुरगामी महत्वको विषय भएको बताए।

‘तपाईंहरुले पार्टी प्रवेश गरी माओवादी पार्टीलाई गरिमामय बनाउनुभएको छ र प्रतिक्रियावादीहरुलाई गतिलो झापड दिनुभएको छ’, उनले भने । 

बेलायतले गोर्खाहरुलाई गर्दै आएको दोस्रो दर्जाको व्यवहार अस्वीकार्य हुने बताउंदै उनले गोर्खा आन्दोलन आफूहरुको समेत आन्दोलन रहेको बताए । 

यो पनि पढौं : गेसो सभापति राई माओवादी प्रवेश, प्रचन्डले गरे स्वागत

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू