मंगलबार, वैशाख १८, २०८१
01:37 | ०६:२२

लण्डनबाट फर्केर गिरीले पाए नेपाल सरकारको महत्वपूर्ण जिम्मेवारी

नेपाली लिङ्क जनवरी २७, २०२२


लण्डन–लण्डनमा लामो समयसम्म पर्यटन व्यवसायमा संलग्न राजाराम गिरी नेपाल सरकारद्वारा गठित पर्यटन पुनउत्थान समिति (Tourism Revival  Committee) को संयोजक नियुक्त भएका छन् ।  

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड १९ बाट थलिएको नेपालको पर्यटन व्यवसायलाई पुर्नउत्थान गरी साविककै अवस्थामा पुरयाउने उद्देश्यले सो समिति गठन गरेको हो । 

प्राप्त जिम्मेवारीलाई आफ्नो क्षमताले भ्याएसम्म पर्यटन व्यवसायको पुर्नउत्थान र विकस गरी पर्यटनको महत्वलाई थप स्थापित गर्न पूर्ण समर्पित हुने प्रतिवद्धता उनको छ ।

‘विगत २० वर्ष देखि पर्यटन विकास र प्रर्वधनको क्षेत्रमा समर्पित भएको प्रतिफल आज मिलेको छ’, गिरीले भने,  ‘म नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यू, सचिव लगायत सम्पूर्ण कर्मचारी तथा यस समिति गठन गर्न विभिन्न सहयोग गर्नेप्रति विशेष आभार प्रकट गर्दछु ।’

उक्त समितिमा पर्यटन व्यवसायी लगायत यससँग सम्बन्धित विभिन्न ब्यक्ति आवद्ध छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू