मंगलबार, वैशाख १८, २०८१
02:41 | ०७:२६

बेलायतसहित तीन राजदूतको नाम अनुमोदन

नेपाली लिङ्क डिसेम्बर ६, २०२१

संसदीय सुनुवाई समितिको सोमबारको बैठकमा सहभागीहरु । बैठकमा भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतहरुको सुवाई भएको थियो । तस्बिर- रासस

काठमाडौं । संघीय संसद् संसदीय सुनुवाइ समितिले भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।

समितिको आजको बैठकले भारतका लागि प्रस्तावित डा शंकर शर्मा, बेलायतका लागि प्रस्तावित ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि प्रस्तावित श्रीधर खत्रीबाट आ–आफ्नो अनुभव, योग्यता, सोच र अवधारणासम्बन्धी जानकारी लिएपछि उनीहरुका नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित तीनैजना राजदूतको नाम समितिबाट सर्वसम्मतरुपमा अनुमोदन भएको जानकारी दिए ।

संसदीय समितिले अनुमोदन गरेपछि अब राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूतहरूको नियुक्ति गर्ने कानूनी व्यवस्था छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू